Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

यसपाली दीपक मनाङ्गे फुत्कन पाएनन्

\"Don_Dipak_Manage_2\" काठमाडौं, २० असार । राजधानीका विभिन्न क्षेत्रमा हप्ते असुली तथा गुण्डागर्दी गर्दै आएका चर्चित ‘डन’ दीपक मनाङ्गे (राजिव गुरुङ) यसपाली भने फुत्कन नपाउने देखिएको छ । विभिन्न राजनीतिक दलहरुबाट संरक्षित डनहरु एकपछि अर्को गरी प्रहरी इन्काउन्टरमा मारिए पनि चर्चित ‘डन’ मनाङ्गे भने सुरक्षित थिए । राजधानीमा गुण्डानाइकेहरुलाई तह लगाउने भन्दै प्रहरीले अपरेशन चलाएपछि डनहरुको भागाभाग भयो । डनहरु भागाभाग हुँदा पनि मनाङ्गे भने ठमेलमै अड्डा जमाएर बसेका थिए । डिस्को चलाएर रात्रीकालिन मनोरञ्जक व्यापारमा प्रवेश गरेका मनाङ्गे सोही पेशाबाट गुण्डागर्दीतिर लागे । आफ्नो ‘ग्याङ’ तयार गरेर राजधानीका टोलटोलमा ठेक्कापट्टा कब्जा गर्ने, हप्ते असुल्ने तथा टोलटोलमा आतंकित पार्ने काम गर्ने मनाङ्गे राप्रपाको शक्ति कम देखिएपछि कांग्रेसतिर लागेका थिए । पछिल्लो समय जनजातिको लहर चलेका बेला उनी पनि जनजाति पार्टीतिरै लागे । गुण्डानाइकेहरु जस्तै राजनीतिक दलहरु पनि चन्दा असुली गरेरै पार्टी चलाउने भएकाले पनि गुण्डानाइकेहरुलाई साथ लिने गरेका छन् । कांग्रेस छाडेर आएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा मनाङ्गे केन्द्रीय उपाध्यक्ष नै बने । गुण्डानाइके साथमा भएपछि बेलाबेलामा राजनीतिक दलहरुलाई काम लाग्ने अनि राजनीतिक दलको साथ पाएपछि गुण्डानाइकेहरुले बेलाबेलामा राज्यबाट छुट पाउने भएपछि दुवै नजोडिने कुरै भएन । सबैजसो राजनीतिक दलहरुले कुनै कुनै डनहरुलाई बोकेरै हिँडेका छन् भने केही नेता नै बनाइएका छन् । यसले दलहरुको साख गिरे पनि मतलब भने राख्दैनन् । ‘डन’हरु मध्यकै सबैभन्दा चर्चित मनाङ्गे शुक्रबार प्रहरीको कब्जामा परे । उनलाई यसअघि पनि प्रहरीले नसमातेको होइन । तर तिनै विभिन्न शक्तिकेन्द्रहरुको बलमा छुट्दै आएका थिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा रहेका चरीजस्ता डनहरु प्रहरी इन्काउन्टरमा मारिएपछि डनहरुलाई संरक्षण गर्न शक्ति केन्द्रहरुलाई समस्या परेको छ । व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पक्राउ परेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने अनुमति मागेको थियो । अदालतले प्रहरी परिसरलाई पहिलो चरणको अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । मनाङेलाई तीन जना भन्दा बढी मिलेर सांगठिक अपराध गर्दै आएको दाबी गर्दै प्रहरीले संगठित अपराध गरेको अभियोग लगाएको छ । यहि अभियोग प्रमाणित गरी उनलाई जेल हाल्ने प्रहरीको तयारी छ । मनाङ्गे आफ्ना सहयोगी राजनकुमार सिंहका साथमा पक्राउ परेका हुन् भने अन्य तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अदालतले संगठित अपराध पुष्टी गरेमा मनाङ्गे १० वर्ष जेलमा कोचिनेछन् । शुक्रबार प्रहरी सामु आत्मसमर्पण नगरेका भए मनाङ्गे पनि चरी र कुमार घैंटेजस्तै इन्काउटरमा मारिने सम्भावना रहेको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy