काठमाडौँ, २० असार । भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माण अनुदान वितरण गर्दा विवरण फरक परेमा समाधान गरेर अघि बढ्ने निर्णय भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको असार १७ गतेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
“अनुदान सम्झौतामा उल्लेखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीन पुस्तेसँग भिडाउँदा सामान्य त्रुटी भएमा सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरिएको छ”– उनले भने ।
घरधनीको सुरुको नाम, बीचको नाम, थर, ठेगाना, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, मितिमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौताापत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय भएको हो ।
यस्तै जन्ममिति, बाबु वा बाजेको नाम, थर, ससुरा वा पतिको नाम तथा थरलगायतमा त्रुटी देखिइ अन्य विवरण भिडाउँदा सम्झौता पत्रको विवरणलाई पनि आधिकारिक मान्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
जिल्ला विकास समितले त्रुटी भएका घरधनीको विवरण तयार गरी सच्याउन सिफारिससहित कार्यान्वयन इकाइ र प्राधिकरणमा लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
एकल खाता कोष प्रणालीमा समेत सो विवरण अद्यावधिक गर्न अर्थ मन्त्रालयमा पठाइनुका साथै सम्बन्धित बैंकको केन्द्रीय कार्यालयलाई सोही विवरण बमोजिम खाता खोलिदिने व्यवस्था मिलाउन अनुरोध गरिने भएको छ ।
लाभग्राही स्वयम् उपस्थित नभई आफ्ना प्रतिनिधिलाई मञ्जुरीनामा दिई अनुदान सम्झौता भएको भएसोको विवरण सम्बन्धित गाविस वा नगरपालिकाले जिविसलाई पठाउनुपर्नेछ ।
जिविसले त्यस्ता व्यक्तिको नाममा खाता खोलिदिन सम्बन्धित बैंकलाई पत्राचार गर्नेछ । सम्बन्धित बैंकले पनि सोहीअनुसार खाता खोली अनुदान भुक्तानी हुने आधार तयार भएको छ ।
यसैबीच निजी आवास पुनःनिर्माण कार्यविधिमा अन्य स्वदेशी वा विदेशी सङ्घसंस्थाको सहयोगमा आवास भवन निर्माणका लागि अनुदान वा निजी आवास भवन नै प्राप्त गरेको लाभग्राही तथा भूकम्पपीडितलाई रु दुई लाख अनुदान, सहुलियत कर्जा एवम् भूकम्पपीडित विशेष आवास कर्जा उपलब्ध गराइने छैन भन्ने व्यवस्थालाई संशोधन गरिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: