Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

राष्ट्रपतिले दिइन् ज्यान मुद्दाका अपराधीलाई माफी

काठमाडौं, २० असार । राष्ट्रपति विद्या भण्डारीले ज्यान मुद्दामा दोषि ठहर एक अपराधीलाई माफी दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले हाल अर्घाखाँची कारागारमा रहेका रुद्रप्रसाद पराजुलीलाई बाँकी कैद सजायँ माफी दिएकी हुन् ।

\"Rudraअर्घाखाँची सदरमुकाम सन्धिखर्कमा चार वर्षअघि एक व्यापारीलाई गोली हानी हत्या गर्न खोजेको भन्दै पराजुलीलाई अदालतले दोषी ठहर गर्दै सात वर्ष कैद फैसला गरेको थियो ।

हाल अर्घाखाँची कारागारमा रहेका पराजुलीलाई बाँकी कैद सजायँ माफी भएको राष्ट्रपति कार्यालयबाट सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सामान्यतया दशैँ र गणतन्त्र दिवसका अवसरमा असल चाल चालन भएका कैदीहरुको बाँकी सजायँ माफ गर्ने प्रचलन भए पनि असार २० गते बिना कुनै अवसर र पर्व माफीको निर्णय गरेको हो।

०६९ फागुनमा सन्धिखर्कमा सुनचाँदी व्यवसायी संघका सचिवसमेत रहेका व्यापारी ताराबहादुर सुनारमाथि गोली हानेर हत्या प्रयासका मुख्य योजनाकार पराजुली थिए ।

सुनारमाथि सन्धिखर्क–गोरुसिंगे सडक अन्तर्गत नरपानीको जंगलमा गोली प्रहार भएको थियो । सुनारको बायाँ छातीको तल्लो भागमा गोली लागेको थियो । प्रहरीले घटनामा संलग्न भएको भन्दै कपिलवस्तु तिलौराकोट वर्मेली टोलका २५ वर्षीय सागर भन्ने राजु आचार्य र अर्घाखाँची पोखराथोकका २४ वर्षीय विमल भन्ने लक्ष्मण सुनारलाई पक्राउ गरेको थियो । राजु र लक्ष्मणले रुद्र पराजुलीले पेस्तोल दिएको र ताराको हत्या गर्न लगाएको बयान प्रहरीलाई दिएका थिए । सोही बयानका आधारमा प्रहरीले रुद्रलाई पनि पक्रेर अनुसन्धान अगाडि बढाएको थियो ।

रुद्र र तारा दुबै सन्धिखर्क मिडिया चोकमा एउटै घरमा जोडिएको दुई वटा सटरमा व्यापार गर्दै आएका थिए । तारासँग लिएको ऋणका कारण रुद्रले उनको हत्या गर्ने षड्यन्त्र गरेको प्रहरी अनुसन्धानको ठहर थियो।

राजु र लक्ष्मण जेलमै भए पनि राजनीतिक लबिङका आधारमा मुख्य योजनाकार पराजुली भने राष्ट्रपतिबाट माफी पाउन सफल भएका छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयबाट सोमबार जारी भएको विज्ञप्ति

\"Relese

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies