Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री ओली र प्रचण्डबीच एक घण्टा लामो भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार एक घण्टा लामो भेटवार्ता भएको छ । ओली नेतृत्वको सरकारप्रति माओवादी असन्तुष्ट भएर विकल्प खोज्ने चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

\"Prachand-Oli\"बिहान १० बजे ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका प्रचण्ड करिब एक घण्टापछि त्यहाँबाट बाहिरिएका थिए ।

यति लामो भेटमा प्रचण्ड र ओलीबीच के कुराकानी भयो त ? खबरडबलीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘बजेट पारित गर्ने तथा सरकारका काम कारबाहीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।’

अध्यक्ष प्रचण्डको सचिवालयले पनि भेटवार्तामा दुई महिनाअघि भएको नौबुँदे सहमति कार्यान्वयन र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे कुराकानी भएको जानकारी दियो ।

बालुवाटारमा प्रवेश गर्नासाथ प्रचण्डले राष्ट्रिय सरकार गठनको आवश्यकता र त्यस सम्बन्धमा आफ्नो पार्टीले गरेका निर्णयबारे ओलीलाई जानकारी गराएका थिए । ओलीले आफू पनि त्यसकै पक्षमा रहेको भन्दै आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतीको स्वरुप दिन आग्रह गरेका थिए ।

आफ्नो सरकारको चाबी प्रचण्डको हातमा रहेको राम्रोसँग बुझेका ओलीले राष्ट्रिय सहमति जुटेमा आफू बाधक नबन्ने प्रष्ट पारेको स्रोतले बतायो ।

केही दिनअघि माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमालेका नेताहरु र मधेस केन्द्रित दलहरुसँगको गोप्य छलफललाई तिव्रता दिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending