Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मनसुन पूर्वतयारी योजनामा १२ करोड

\"rainfall\"काठमाडौं, २१ असार । नेपाल रेडक्रस सोसाइटीले सरकारसितको समन्वयमा मनसुन पूर्वतयारी योजना–२०७३ लाई कार्यान्वयनमा ल्याएको छ । सम्भावित बाढी, पहिरोजस्ता विपद्को सामना गर्न सोसाइटीले पूर्वतयारी कार्ययोजना तयार गरी कार्यान्वयन गर्न आफू मातहतका सबै जिल्ला शाखा कार्यालय निर्देशन दिएको छ । हाल सोसाइटीका सबै जिल्लामा जिल्ला शाखा रहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १ गतेदेखि यस वर्षको मनसुन सुरु भएको थियो । गृहमन्त्रालयले वैशाख १ गतेदेखि हालसम्म बाढी पहिरोबाट ३२ को मृत्यु, १५ बेपत्ता, ४८ जना घाइते, १०४ घर पूर्ण क्षति र १५७ घर आंशिक क्षति भएको जनाएको छ । यसैगरी, चट्याङबाट ६२ को मृत्यु, १३६ जना घाइते, तीन घर क्षति र सात घरमा आंशिक क्षति भएको छ । मनसुनमा हुनसक्ने जल उत्पन्न विपद् (बाढी पहिरो) सामना गर्न मनसुन पूर्वतयारी योजनालाई सोसाइटीले कार्यान्वयनमा ल्याएको हो । सो योजनाले विशेष रुपमा बाढीको जोखिम भनिएका १० जिल्ला र भूकम्पबाट बढी क्षति पुगेका १४ जिल्लालाई विशेष सम्बोधन गरेको छ । “३० हजार परिवारलाई खाद्य सामग्री, ५९ हजार त्रिपाल, एक हजार सेल्टर कीट, आवश्यक कम्बल, टारपोलिन, भाडाकुँडा, महिलाले लगाउने धोती, सारी, साधारण कपडा, प्रिन्ट कपडा तयारी अवस्थामा राखेका छौँ ।” सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले भने । उसो त सोसाइटीले तत्काल पाँच हजार परिवारलाई पुग्ने खानेपानी स्वच्छता कीट, शाखा कार्यालयअन्तर्गतका १४ हजार प्राथमिक उपचार, आपत्कालीन आवास व्यवस्थापन समूह, विपद् प्रतिकार्यका लागि सामुदायिक पहल समूह, जिल्ला विपद् प्रतिकार्य समूह, आपत्कालीन जनस्वास्थ्य प्रतिकार्य समूह, शव व्यवस्थापन समूहलाई पनि तयारी अवस्थामा राखेको छ । मनसुनको समयमा जलउत्पन्न विपद्लाई ध्यानमा राखि प्रभावकारी प्रतिकार्य गर्न सोसाइटीले उच्च महत्व र प्राथमिकताका साथ सबै जिल्ला शाखालाई तयारी अवस्थामा राखिएको जानकारी कार्यकारी निर्देशक केसीले दिए । उनले सामग्रीको भण्डारण लेखाजोखा, आपत्कालीन कोषको व्यवस्था र सोसाइटी र सरकारी निकायबीचको समन्वय गर्न संयन्त्रको स्थापना भएको पनि जानकारी दिए । सोसाइटीले बर्सेनि ४० लाखभन्दा बढी जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा मानवीय सहयोग गर्दै आएको छ । गत वर्ष गएको अकल्पनीय भूकम्पपश्चात् खोज, उद्धार तथा राहत वितरण र हाल पुनःनिर्माणमा उसले अनुकरणीय योगदान दिइराखेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामा सोसाइटीले पुनःनिर्माणअन्तर्गत छ हजार घर निर्माण कार्यमा सहयोग गरिरहेको छ । यसका साथै स्थानीय समुदायका आयआर्जन अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेको सोसाइटीले जनाएको छ । पूर्वयोजनामा जल तथा मौसम विज्ञान विभागबाट मौसम पूर्व सूचना लिई जिल्लामा पठाउने, बाढी पहिरो तथा डुबानको जोखिममा रहेका बस्तीको पहिचान गरी पूर्वसूचना दिने र सुरक्षित रहन सूचना प्रवाह गर्ने रहेका छन् । यसका लागि सोसाइटीले मोबाइल फोनमा आधारित रही पूर्वसूचनाको प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ । हाल गृहमन्त्रालय, विपद् व्यवस्थापन महाशाखा र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले विपद्को सूचना सङ्कलन तथा राहत र उद्धार कार्यमा जिल्ला प्रशासन कार्यालयलाई परिचालन गर्ने गर्दछ । विपद् पूर्वतयारी योजनाका लागि सोसाइटीले रु ११ करोड ७३ लाख २१ हजार ३३० रकम विनियोजन समेत गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिए । काठमाडौँ, विराटनगर, वीरगन्ज, नेपालगन्ज, पोखरा, भैरहवा, महेन्द्रनगर जस्ता प्रमुख सहरमा सोसाइटीले आवश्यक सामग्री भण्डार गरेको राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending