Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जानिराख्नुहोस बहुगुणी मेथीका पचास भन्दा बढी रोग निको पार्ने औषधिय गुण

\"methi\"मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । मेथीको साग महत्वपूर्ण हरियो तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । शरीरको विजातिय तत्वलाई बाहिर निकाल्दछ । यस्ले सास तथा शरीरको दुर्गन्धबाट छुटकारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ । मेथीबाट बनेको लड्डु एक राम्रो टा‘निक हो जो प्रसुति पश्चात ख्वाउने गरिन्छ । यस्ले शरीरको सारा व्याधी निर्मुल गर्ने तथा शरीरमा बच्चाको लागि दुधको मात्रा बढाउँने गर्दछ । डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । –मेथीको सेवनबाट वायु गैस, कफ बलगम तथार ज्वर बुखार निर्मुल हुन्छ। वात रोग जोर्नीमा दुख्ने, मा मेथीको पाउडरलाई,महिको साथमा पिउँनाले फाइदा हुन्छ। –विहानै मेथी दानाको धुलो एक चम्मचको मात्रामा पानीको साथमा सेवन गर्नाले घुँडा दुख्ने समस्या रहन्न । खासगरी बुढापामा घुँडा दुख्ने समस्या रहन्न । –मेथीको रस निकालेर विहान वेलुका पिउँनाले मधुमेह ठिक हुन्छ । –कालो अङ्गुरसँग मेथीको रस समान मात्रामा लिनाले बवासीर ग्रस्त रोगी ठिक हुन्छ । –मेथीमा फलाम तत्व रहने भएकाले जण्डिसका विरामीलाई यो फाइदाजनक हुन्छ । –मेथीको तरकारीमा अदुवा गरम ससला हालेर सेवन गरेमा निम्न रक्तचाप भएकोमा फाइदा पुग्दछ । –मेथी को तरकारी खानाले रगतमा शुद्धता आउँछ। मेथी दानामा मुटु स्वस्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ । मेथीमा हुने पाचक एंजाइमले भोक बढाउँदछ। मेथीले ग्यास, कफ तथा ज्वरो नास गर्दछ। पेटमा वायु,पेटमा जुका चुर्ना, पेट दुख्ने, कमर दुख्ने तथा अन्य प्रकारका शारीरिक पीडा निर्मुल पार्दछ । –मेथीको सेवनबाट स्त्री जातिमा हुने कमजोरी हटाएर शरीरमा शक्ति प्रदान गर्दछ। बच्चा जन्मे पछी गर्भाशयमा कुनै कमी भएमा वा गर्भासय ठिकसँग संकुचन नभएमा स्तनमा पीडा भएमा वा अन्य कुनै प्रकारका दुखाइमा लाभप्रद हुन्छ। यस्को सेवनबाट बन्द भएको मासिक धर्म फेरी सुचारु हुन थाल्दछ । स्तनमा दुधको मात्रा बढ्दछ । –मेथीमा क्यान्सर रोधक तत्व पाइन्छ। यस्को उपयोग डायबिटीज, हाई ब्लड प्रेशर तथा पेट संबंधी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुकालागि विशेष लाभकारी तथा बलवर्धक हुन्छ। मेथीले रगतको कमी भएमा लाभकारी हुन्छ। –मेथीको काढा तथा चुर्णको सेवनबाट स्नायु रोग, बहु मूत्र ,पथरी,टांसिल्स,रक्तचाप तथा मानसिक तनाव तथा गर्भ निरोधकको रुपमा लाभप्रद हुन्छ। –मेथी दाना लाई सागको रुपमा दैनिक सेवन गर्न सकिन्छ। मेथी दानाको चुर्ण तीन ग्राम दहीमा मिलाएर खानाले आंव को बिमारीमा लाभ हुने र यस्को अतिरिक्त यस्ले पिसाब अत्यधिक आउँन रोकिन्छ। उमेर बढेकोमा यसबाट हुने कमजोरी हटाउँने तथा महिलाको सौन्दर्यमा निखार ल्याउँन मदत गर्दछ। आँखाको तल कालोपन मेटाउँनको लागि मेथीलाई पिंधेर पेष्ट बनाएर लगाएमा कालोपन रहन्न। –मेथी दाना रातभर पानीमा भिजाएर विहान यस्लाई पिंधेर यस्को पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ। – मेथी दाना पिंधेर यस्को लेप अनुहारमा लगाउँनाले अनुहारमा भएका दाग धब्बा हट्ने तथा अनुहार कान्तिमय हुन्छ। ताजा मेथीको पातलाई पिंधेर अनुहारमा लगाउँनाले अनुहारमा रहेका डण्डिफोर अनुहारको रुखापन तथा झुर्रियां चाउरी परेको निर्मुल हुन्छ। उमेर बढेको प्रकृया कम गर्न तथा महिलाको सौन्दर्य निखार्न तथा कपालमा भएको चाया हटाउँन मेथीको पेष्ट बनाएर लगाउँने र आधा घण्टामा सफा गर्नाले फाइदा जनक हुन्छ। –मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन,तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढंगले लाग्ने गर्दछ। पेटको छाला, आँतको सफाईको लागि दुई चम्मच मेथी एक कप पानीमा उमालेर मेथीको काढा बनाएर पिउँनाले लाभप्रद हुन्छ। मुखको छाल खटिरा ठिक गर्नको लागि मेथीको पातको अर्क तथा मेथीलाई पानीमा उमालेर चिसो भएको पानीले मुखको कुल्ला गरेमा फाइदा हुन्छ। –कान बगेमा मेथीलाई दुधमा पिंधेर छानी हल्का तातो पारेर कानमा हालेमा कानबाट बग्न बन्द हुन्छ ।पित्त दोषमा उमालेरको हरियो मेथीको पातलाई शुद्ध घिउमा तारेर खानाले फाइदा हुन्छ। –मेथी पाउडरको सेवन दुधको साथमा गर्नाले मधुमेह ठिक हुन्छ । यस्मा रगत र पिसाबमा ग्लुकोजको मात्रा कम गर्ने विशेष गुण रहने भएकाले डायबिटिजमा विशेष गुणकारी हुन्छ। –मेथीको काढा कानको दुखाई, सर्दी, मिर्गी, लकवा तथा फालिज इत्यादि रोगमा लाभप्रद हुन्छ। नपुंसकता, कमजोरी, गठिया जोर्नी दुखेको, मधुमेह, बाल रोग, कब्जियत, अनिन्द्र, मोटापा, रक्तातिसार तथा जलन आदि रोगमा मेथीको सेवन लाभप्रद र हितकारी हुन्छ । –कपाल झर्न रोक्छस् मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ। यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ। –चायाँबाट मुक्तिः यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँको समस्या तत्काल समाधान हुन्छ। –डन्डीफोर नियन्त्रण ः मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस्। मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ। –मोटोपनको नियन्त्रण ः मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ। यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ । –चम्किलो त्वाचा ः अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ। मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन्। यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ। –पाचन प्रणालीमा सुधार ः मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ । –सुगरको नियन्त्रणः मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ। मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ । मृगौलाका लागि राम्रो मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ। ज्वरो नियन्त्रण ः ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ। महिलालाई उपयोगीः मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ। महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ। विशेष सावधानी ःमेथी को स्वभाव गर्म हुन्छ। अधिक मात्रामा सेवन गरेमा पित्त बढदछ। पित्तजन्य रोगमा तथा उष्ण प्रकृतिवाला व्यक्तिले यस्को सेवनमा परहेज गर्नु पर्दछ। नाकबाट रगत वहेको अवस्थामा, खूनी बवासीर भएमा, पिसाबमा रगत आएमा, मासिक धर्ममा कैयौ दिनसम्म रगत आएमा यस्ता व्यक्तिहरुले गर्मीको मौसममा मेथीको प्रयोग कम गर्नु पर्दछ। सर्दीको समयमा मेथीको प्रयोग गर्नु अधिक सुरक्षीत हुने गर्दछ। मेथीको दानाको चुर्ण ३ ग्राम देखि ६ ग्राम सम्म प्रतिदिन लिन सकिन्छ। अनुहार सुख्खा भएमा मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy