Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

तरकारी तथा फलफूल बजार व्यवस्थित गर्न मन्त्री पुनको निर्देशन

\"Ganeshकाठमाडौँ, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिएका छन् । गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था विभागले मंगलबार संयुक्त रुपमा गरेको अनुगमनमा सहभागी हुँदै मन्त्री पुनले बजारमा गुणस्तरहीन खाद्य वस्तु रहेको र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । सरकारले अब निरन्तर अनुगमन गर्ने बताउँदै उनले व्यापारीलाई दीर्घकालीन रुपमा समस्या समाधानको उपाय खोज्न आग्रह गर्दै तीन दिनभित्र फोहर व्यवस्थापन गर्न निर्देशन दिए । कुहिएको र सडेगलेका तरकारी तथा फलफूल काठमाडौँमा ल्याउँदा त्यसले थप विकराल समस्या ल्याउने भएकाले त्यस्ता सामग्री नल्याउन पनि मन्त्री पुनको आग्रह गरेका छन् । अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेले उपभोक्ताको हित संरक्षणका लागि विभागले निरन्तर रुपमा अनुगमन गरिरहेको र उपभोक्ता हित विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका निरीक्षक कमल ओझाले प्रत्येक दुई वर्षमा आफ्नो तरकारी जोख्ने सामानको जाँच गर्न आग्रह गरे । मन्त्रीसहितको अनुगमन टोलीले कालिमाटीमा रहेको तरकारी, माछा र बल्खुमा रहेको फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा फलफूल व्यापारीले सामान आयात गर्ने जिल्लाबाट काठमाडौँसम्म ल्याउँदा विभिन्न स्थानमा लाग्ने करमा सहुलियत दिन मन्त्रीलाई अनुरोध गरेका थिए । फलफूल तथा तरकारी व्यापार महासङ्घका महासचिव रुद्र पाठकले बल्खुमा रहेको फलफूल पसलको उचित व्ययवस्थापनमा सहयोग गर्न सरकारसँग आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending