Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

यसरी फसाइएका थिए माओवादी केन्द्रका ८ सांसद

\"8काठमाडौं, २३ असार । मानव तस्करी गर्न खोजेको आरोप लागेका माओवादी केन्द्रका ८ सांसदलाई आयोजक र नेपालको एजेन्ट रोहित खड्का भन्ने व्यक्ति रहेको रहस्य खुलेको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पीए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी यस्तो विवादमा मुछिएका थिए । खुलेका विवादमा तानिएका ८ जना सांसद माओवादी केन्द्रका हुन् भने सबै सांसद समानुपातिक प्रणालीबाट आएका हुन् । विवादमा तानिएपश्चात उनीहरुले प्रक्रिया के भएको थियो भनेर भन्दै आईरहेका पनि छन् । माओवादी केन्द्रका सबै सांसदहरुले आफुलाई प्रक्रिया थाहा नभएको तर स्पेनमा आयोजित कार्यक्रममा जानका लागी रोहित खड्का भन्ने व्यक्तिलाई कागजपत्र बुझाएको बताएका छन् । दिवंगत तथा इमान्दार नेताको छवि बनाएका पोष्ट बहादुर बोगटीकी जिवनसंगिनि राममाया बोगटीले आफुहरुले अवसरको सदुपयोग गर्न खोज्दा फसाइएको बताएकी छिन् । सबै सांसदको बयानमा समानता हेर्दा सांसदहरुको कागजपत्र मिलाउन जिम्मा दिएका रोहित खड्का भन्ने व्यक्ति र आयोजकबिच लामो समयदेखि यस्तो प्रक्रियाबाट मानवतस्करीको काम हुँदै आएको भने बुझिन्छ । कार्यक्रम फरकफरक सांसद कुँवरलाई २८ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी निम्त्याइएको थियो भने उपाध्याय र बोगटीलाई २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च ९सूक्ष्म जीवाणु अध्ययन०’ सम्बन्धी कार्यक्रममा भाग लिन बोलाइएको थियो । अरु दुई सांसद खत्री र श्रेष्ठ २८ जुनदेखि १ जुलाईसम्मको ‘टिचिङ एन्ड एजुकेसन’ कार्यक्रम र थारूलाई ११ जुलाईदेखि १३ सम्म आयोजना हुने ‘इन्टरनेसनल रिन्युवेबल इनर्जी एन्ड इन्भायोरोमेन्ट कन्फ्रेन्स’मा भाग लिन निम्त्याइएको थियो । नेपाल एजेन्ट एउटै सांसदरुलाई कार्यक्रमका लागी निम्त्याउने माथि उल्लेखित कार्यक्रम फरफरक भएपनि नेपालको एजेन्ट भने एउटै देखिनु झन रहस्यको विषय बनेको छ । ८ जनै सांसदले एउटै व्यक्ति रोहित खड्का भन्नेलाई कागजपत्र मिलाउन दिएको बयान बाहिर ल्याएका छन् । फरकफरक कार्यक्रमको संयोजन एउटै व्यक्तिले किन गर्यो ? खड्काको आयोजकसँगको संलग्नता के छ ? भन्ने कुरा खुल्नासाथ अरु थप रहस्यहरुसमेत खुल्ने देखिन्छ । यसैगरी यसअघि कांग्रेस/एमालेबाट समेत गए नाम नबताउने शर्तमा विवादमा तानिएका माओवादी केन्द्रका एक सांसदका अनुसार यही प्रक्रियाबाट यसअघि नेपाली कांग्रेस र एमालेका सांसद समेत बाहिर जाने गरेको दाबी गरेका छन् । यसअघि स्पेनमै आयोजित एक कार्यक्रममा कांग्रेस/एमालेका सांसदसमेत गएकाले आफुहरुले यसलाई गम्भिर रुपमा नलिएको उनले बताए । उनले भने,–‘सांसद साथिहरु जानेआउने गरिरहेकोले यसरी फसाइएला भनेर सोचिएन । तर अनुसन्धानबाट सबै कुरा खुल्ला । हामी निदोर्ष छौं ।’ माओवादी केन्द्रले छानविन गर्ने विवादमा तानिएका सबै सांसदहरुलाई माओवादी केन्द्रले छानविन गर्ने भएको छ । माओवादी केन्द्रको पोलिटप्युरो बैठकले माओवादी नेता अमिक शेरचनको नेतृत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्झा भुसाल रहेको एक तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ । को हुन् खड्का ? को थियो आयोजक ? सांसदहरु विवादमा तानिएपश्चात उनीहरुको भनाईमा रोहित खड्का भन्ने कागजपत्र मिलाउन जिम्मा दिएको व्यक्तिले यसरी फसाएको अनुमान छ । तर सांसदहरुले समेत रोहित खड्का भन्ने व्यक्ति राम्रोसँग चिन्दैनन् । उनीहरुका अनुसार एक सांसदको भाईले रोहित खड्कासँग चिनाएको उनैमार्फत कागजपत्र दिएका थिए । हामीले रोहित खड्काको बारेमा बुझ्दा –उनी विगत १२ वर्षदेखि एक कन्सल्टेन्सी चलाउँछन् । वानेश्वरमा उनको कार्यलय छ । तर उनको कन्सेल्टेन्सीको नाम पत्ता लाग्न सकेन । साथै स्पेनमा माथि उल्लेखित कार्यक्रमको आयोजक नेपाली नै थिए या स्पेनी भन्ने समेत खुल्न सकेको छैन । लहरो तान्दा पहरो थर्किने सम्भावना सांसदहरुले यसअघि यसैगरी सबै पार्टीका सांसदहरु जाने गरेको बताएपछि यसरी नेपालीहरुलाई स्पेन पुर्याउने एउटा गिरोह नै वर्षौदेखि सक्रिय त थिएन भन्ने प्रश्न खडा गरिदिएको छ । आयोजक र रोहित खड्कामाथि अनुसन्धान गरिने र यसअघिका भ्रमणहरुको डिटेल हेरिने हो भने विदेशमा कार्यक्रमको नाममा मानिसहरु ओसारपसार गर्ने गिरोहको खुलासा हुने नेपाली राजनीतिक दलका धेरै सांसद मुछिने सम्भावनालाई यो प्रकरणले उजागार गरेको छ ।
यो पनि पढ्नुहोस्

मलाई केही थाहा छैन, सोझोेपनलाई अपराध मान्दा दुख लाग्यो –राममाया बोगटी

   
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending