Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

काम पुरा नहुंदै सिंचाइ बांध भत्कियो ,संसदिय बिकास कोषको लगानी आधा खोलामा आधा झोलामा

\"IMG_0672\"कपिलबस्तु, २३ असार । कपिलबस्तु जिल्लाको भृकुटी नगरपालिका ९ (साविक राजपुर गाबिस वार्ड नं. ३ ) नयांबस्तीमा रहेको घोराही नाला सिंचाइ प्रणाली अन्र्तगत दशवरिया बांध काम सम्पन्न नहुदै भत्किएको छ । चालु आबको जेष्ठ महिनाबाट सुरु गरिएको काम असार १५ मै भत्किएर लथालिङग भएको छ । कमसल निर्माण सामग्री र प्राबिधिक गल्तीका कारणले निर्माण कार्य पुरा नभइ भत्केको स्थानीयले बताएका छन् । बांधमा १५ मिटरको पर्खाल इन्जिनियरको स्टिमेट अनुसार लगाएको भएपनि नयां माटो पटानमा पर्खाल लगाउदा भत्किएको स्थानीयले बताए । स्थानीय उपभोक्ताहरुको रायसल्लाह विपरित काम गर्दा यस्तो नियती भोग्नुपरेको स्थानीय गोपाल सुनारले आक्रोसित हुदैं खेतीपाती लगाउने बेला बांध भत्किदा ठुलो बिजोग भएको बताए । स्थानीय उपभोक्ताहरुले इन्जिनियरले रायसल्लाह बिनै काम सुरु गरेको समेत बताए । उपभोक्ता समितीका अध्यक्ष अब्दुल कलाम मुसलमानले बांध निर्माणको लागी स्वीकृत बजेट ३० लाख खर्च भइसकेको बताए । संसदीय बिकास कोषबाट जिल्लाका क्षेत्र नं. ३ का सांसद बृजेश कुमार गुप्ताले ३० लाख बजेट बांध निर्माणका लागी लगानी गरेका उनले बताए । \"IMG_0676\" बिकास निर्माणको क्षेत्रमा सांसदले लगानी गरेको बजेट उपभोक्ता समितिका अध्यक्ष कलाम र सिंचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलको मिलेमतोमा आधा बजेट खोलामा हालेको र आधा झोलामा हालेको कतिपय स्थानीयले आरोप लगाए । स्वीकृत बजेटको आधा पनि खर्च नभएको स्थानीय बुद्धभगवान चौधरी (कुर्मी)ले बताए । उनले इन्जिनियर र अध्यक्ष कलामको मिलेमतोमा कम गुणस्तरको सामान प्रयोग गरि बनाइएको संरचना भत्किएको आरोप लगाए । सोहि कार्यका लागि पुराना २ लाख बराबरका ढुंगा समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् । घोराही नालामा धेरै पानी आएको कारणले भत्केको दाबी गरेपनि हाल सम्म सामान्य पानी बाहेक नालामा बाढी नआएको स्थानीयहरु बताउछन् । समिति भित्र भागबण्डा नमिलेका कारण समयमा काम हुन नसकेको स्थानीयको आरोप छ । उपभोक्ता समितिका अध्यक्ष कलाम भन्छन् : “३० लाख सकियो, अव ५ लाख आफ्नै लगाउछु” । सिंचाइ बांध निर्माणका लागी गठित उपभोक्ता समितिका अध्यक्ष अब्दुल कलामले संसदिय बिकास कोषबाट प्राप्त ३० लाख खर्च गरिसकिएकाले अब भत्किएको बांकी संरचनाको निर्माणका लागी अब ५ लाख आफै लगानी गर्ने बताए । उनले बांध निर्माण काम लगभग सम्पन्न हुदै गर्दा अचानक आएको बाढिले नयां संरचना भत्काएको दावी गरे । जसरी भएपनि जनताले पानी पाउनुपर्ने उनले बताए । इन्जिनियरको स्टिमेट अनुसार नै काम भएको भएपनि पर्खाल बरिपरि माटो राख्न वनले स्वीकृत नदिएको अध्यक्ष कलामले बताए । स्थानीयले इन्जिनियरसंग आफ्नो समस्या राख्न खोज्दा इन्जिनियर भागेको समेत उनले बताएका छन् । अहिले पनि कामलाइ जारी राखिएको दावी गरे । आफ्नो कार्यसमितिका पदाधिकारीको नाम समेत थाहा नभएका अध्यक्ष कलामले निर्माण कार्यमा कुनै किसिमको अनियमितता र घोटाला नभएको दावी गरेका छन् । रकम निकाशा ढिलो भएको र स्थानीय सामुदायिक बनले समयमा माटो नदिएका कारण समयमा काम सम्पन्न हुन नसकेको अध्यक्ष कलामले बताए । सामुदायिक वनका अध्यक्ष यादवले भनेः “माटो झिक्दा बनसंग समन्वय नै भएन दशवरिया बांधसंग सटिएको बनको माटो झिकेर नयां संरचनालाइ बलियोे बनाउने कोशिस गर्दा वनसंग सल्लाह नै नगरि माटो झिकिएको वनदेवी सामुदायिक बनका अध्यक्ष मोतीलाल यादवले बताए । बन छेउको संरक्षणका लागी आफुले २ क्विन्टल तार माग्ने कुरा उपभोक्ता समितीसंग माग राख्दा तार समेत नपाएको उनले बताए । बांध निर्माण सकिन लाग्दा सांसद गुप्ता र बन अधिकृत राकेश कर्ण लगायतसंग छलफल गरेपश्चात सामुदायिक बनबाट माटो निकाल्न सहमती जनाइएको उनको भनाइ छ । जेजसरी काम भएको भएपनि जनताको चित्त बुझाउने काम नभएको उनले बताए । ५ चरणको काम लगभग सकिदा समेत उपभोक्ताले चासैं दिएनन् : इन्जिनियर मण्डल  सिंचाइ डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर सत्यदेव मण्डलले दशवरिया बांधको काम ५ चरणमा सम्पन्न भइसक्दा पनि स्थानीय उपभोक्ताहरुले स्थानीय श्रोत साधनमा चांसो नदिदा बांधमा ठुलो क्षति भएको बताए । उपभोक्ता समिती निरिह भएकै कारण यो स्थिती आएको बताए । स्वीकृत बजेट ३० लाख भएपनि आधा काम अपुरै रहदा २६ लाख भन्दा बढि भुक्तान गरिएको इन्जिनियर मण्डलले बताए । बांधको १२ मिटर हेडवाल, ५० मिटर लाइनिङ, १ गेट जडान, कुलो सफाइ, प्रोटेक्सन वर्क, जाली निर्माणको काम सम्पन्न भइसकेकोले लगभग पुरै बजेट स्वीकृत गरिएको मण्डलले थपे । यस योजनाबाट धनकौली गाबिसको धनकौली, मलवा, गगनी, बिजगौरी र राजपुरको पक्रेहटा मोहम्मदनगर लगायतका १२ गाउको जमिनमा सिंचाइ गर्ने योजना भएपनि महुवा गाबिसबाट पनि उपभोक्ता समितिमा समावेश गरिएको बताइन्छ । २०४३ सालमा करिब ५ लाखको लागतमा तत्कालिन प्रधानपंच केदार प्रसाद चौधरीको अगुवाइमा शुरु भएको दशवरिया बांध हाल सम्म पनि अलपत्र अवस्थामा रहेको छ । सिंचाइको सपना देखाउदै बिगत ३० बर्षदेखि धनकौली र राजपुर गाबिस भित्र आउने श्रोतको रकम तथा जनश्रमदानको लगानी हुदैं आएपनि यस बर्ष पनि स्थानीयको खेतमा पानी जाने संभावना कमै छ । स्थानीय राजनितीक दलका प्रतिनिधिका लागी उक्त बांध गोजी भर्ने सजिलो माध्यम बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies