Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

माओवादी केन्द्रको उम्मेदवार बन्न शैक्षिक योग्यता कति ?

\"maoist-meeting-750\" काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्रले कुनै पनि समितिको सदस्य बन्नका लागि योग्यता निर्धारण गरेको छ । पार्टीले बनाएको संगठनात्मक कार्यविधि अनुसार योग्य ब्यक्तिले मात्रै सम्बन्धित समितिको सदस्यका लागि उम्मेदवार बन्न पाउने भएका छन् । सम्बन्धित तहको समितिको उम्मेदवार बन्न तल्लो कमिटीमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने कार्यविधि तय गरिएको छ । कार्यविधिका शैक्षिक योग्यता भने राखिएको छैन । यस्तै, कार्यविधिअनुसार केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्न चाहेमा पार्टी सदस्यता लिएको १० वर्ष हुनुपर्नेछ । यस्तै, प्रदेश सदस्यका लागि उम्मेदवार बन्न कत्तिमा ८ वर्ष पार्टी सदस्यता लिएको हुनैपर्ने कार्यविधि तय गरिएको छ भने जिल्ला सदस्यको उम्मेदवारको हकमा ६ वर्ष, गाउँ नगरको उम्मेदवारको हकमा ४ वर्ष र वडा समितिको बन्नका लागि पार्टी सदस्यता लिएको २ वर्ष हुनुपर्ने कार्यविधि तय गरिएको छ । पार्टीको केन्द्रदेखि वडा तहको समिति ठूलो संख्यामा बन्ने तर संगठन भने कमजोर बन्दै जाने अवस्था देखिएपछि समितिको निश्चित सदस्य संख्या निर्धारण गरी मापदण्ड बनाइएको हो । सो मापदण्डअनुसार केन्द्रीय समिति १९९, प्रदेश समिति ९९, जिल्ला समिति ७५ हुने भनी निश्चित गरिएको छ । यस्तै, नगर समितिअन्तर्गतमहानगर समिति ७५ सदस्य, उपमहानगर समिति ६५, नगर समिति ५१ तथा गाउँ समिति ५१ सदस्य, वडा समिति २५ सदस्य हुने मापदण्ड बनाइएको छ । सबै समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending