Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

ताप्लेजुङमा पुल बगाएपछि बाइस परिवारको जङ्गलमै बास

\"katheताप्लेजुङ, २४ असार । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ ।   वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै पुल बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको हो । चौंरीगोठ लिएर गएका घुन्साका १५ र फलेका आठ परिवारलाई घर फर्कने उपाय नभएको घुन्साका हिमाली चुङ्दाले बताए ।   पुल बगाएपछि उनीहरुलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पु¥याउनसमेत समस्या भएको छ । चुङ्दाका अनुसार घुन्सादेखि कञ्चनजङ्घा हिमालको बेसक्याम्प जाने बाटोको ‘लापुक’ भन्ने स्थानको पुल बाढीले बगाएको छ । सो पुल त्यस क्षेत्रमा आवतजावत गर्ने एक मात्र पुल हो ।   निरन्तरको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान पुल बगाएपछि दिउँसो गाउँलेले गएर बनाउने प्रयास गरेपनि उनीहरुको उपाय लागेन । पुल बनाउन दुवैतर्फ जनशक्ति चाहिने भएकाले समस्या भएको बताइएको छ ।   बाढीका कारण गोठमा गएका २२ परिवारलाई बोलाएर पुल बनाउन सकिए पनि अलपत्र परेकालाई खबर गर्ने कुनै माध्यम नभएकाले समस्या भएको चुङ्दाले बताए । सो क्षेत्रमा मोबाइल फोनसमेत नचल्ने भएकाले समस्या भएको जनाइएको छ ।   चुङ्दाले टेलिफोनमा बताएअनुसार गोठ अहिले रामदाङ, नुप्चुभेल्ली, थाम्दाङ क्षेत्रमा छन् । आलुखेती हुने खम्बाछेनमा खेतीका लागि परिवारका सदस्य गएका छन् ।   एउटा परिवारका दुई÷तीनजना गोठमा जाने अरू घरमा बस्ने गरेर परिवारका सदस्य विभाजित भएर बस्ने गरेका छन् । सो खोलामा काठेपुल बनाउन कम्तीमा पनि रु ६ लाखसम्म लाग्ने र त्यो पनि पानी घटेपछि मात्रै सम्भव हुने चुङ्दाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending