आषाढ़ २४ गते, २०७३ शुक्रवार 8th July, 2016 Fri१४:१७:५६ मा प्रकाशित
भक्तपुर, २४ असार । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताएका हुन् ।
मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरा दिएर गुणस्तरिय बस्तुको उपलब्धतामा जोड दिने बताए । उनले कालिमाटिमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए ।
सरकार परिवर्तनका सवालमा उनले राजनीतिमा कति बेला के हुन्छ भन्न नसकिने भन्दै मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको मन्त्री पुनले बताए । उनले वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण बिषय संबिधानको सफल कार्यान्वयन रहेकाले सबैको ध्यान यता जानु पर्नेमा समेत जोड दिए ।
सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यसो हुन नसकेको स्विकार गर्दै मन्त्री पुनले पुनर्निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा सरकार झण्डै असफल रहेको टिप्पणी गरे ।
इन्धनको अभाव पुरा गर्न आफू मन्त्री मण्डलमा आएपछि सक्दो प्रयास गरिरहेको र छिट्टै इन्धनको सहज उपलब्धता हुने भन्दै उनले हाल इन्धनमा कालोबजारी नभएको बताए ।
चीनसँगको इन्धन सम्झौता पश्चात नेपाली राजनीतिमा छुट्टै तरगं उत्पन्न भएको र सम्झौताले अन्तिम रुप लिइ सकेकाले अब छिट्टै चीनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उनले बताए ।
बिगतमा भारतसँगको ब्यापार सम्झौतामा देखिएको तिक्ततालाई नयाँ शिराबाट सम्बन्ध बिस्तार गर्दै जानु पर्ने र ब्यापारिक सम्झौताका आधारमा सम्बन्धलाई बिस्तार गर्दै जानु पर्ने उनले बताए ।
सरकारले तोकिएको समयमा गर्ने भनेको निर्वाचनका सवालमा बिभिन्न प्रश्नहरु उठिरहेकाले समस्याको पहिचान गरि समाधानको उपाय खोज्दै बैज्ञानिक पद्धती अनुसार चुनावमा जानु पर्ने उनको भनाइ रहेको छ ।
नेपाली राजनीतिक गतिबिधिकै कारण समय समयमा बैदेशिक हस्तक्षेप बढ्ने गरेको हस्तक्षेप न्यून गर्न नेपालका राजनीतिक दलहरु समन्वय अत्याआवश्यक रहेको मन्त्री पुनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: