Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

चिनिया नाकामा किन बढ्यो सुरक्षा चासो ?

\"korala-naka-china-nepal\" काठमाडौं, २४ असार । दक्षिणी छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेका खबरहरु बारंबार आउने गर्छन् । सीमाको सुरक्षाका लागि राखिएका भारतीय सीमा सुरक्षा बल (एएसबी)का सुरक्षाकर्मीहरु नेपालमै प्रवेश गरी बेला बेलामा सीमावर्ती क्षेत्रका नेपालीहरुलाई दुःख दिने गरेको छ । भारतीय प्रहरीले सीमावर्ती नेपालीलाई दुःख दिने गरेको गुनासो बढेपछि भने नेपालले पनि नेपाल–भारत सीमा नाकामा सीमा सुरक्षा बलका रुपमा सशस्त्र प्रहरीलाई राखेको छ । नेपाली सुरक्षा बल राखिए पनि भारतीय एसएसबीको ज्यादती भने अझै पनि रोकिएको छैन । दक्षिण छिमेकी मुलुकसँगको सीमा नाकामा भारतीय ज्यादतीका कारण सुरक्षा चासो बढे पनि उत्तरी सीमा नाकामा भने अहिलेसम्म नेपालीहरुले चिनियाँ सुरक्षाकर्मीको ज्यादती सहनु परेको छैन । खासगरी चीनसँगको सीमा खुल्ला नभएका कारण पनि नेपालीहरुले त्यस्तो ज्यादती सहनु नपरेको हो । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि नेपाल–चीनको प्रमुख ब्यापारिक नाका तातोपानी बन्द भयो । चीनसँगको अर्को नाका रसुवागढी–केरुङ मार्ग अहिले मुख्य ब्यापारिक मार्ग बने पनि सडकको स्तरउन्नति हुन नसक्दा उत्तिकै समस्या छ । अहिले तेस्रो ब्यापारिक नाकाको रुपमा हेरिएको कोरला नाका खुला गर्ने विषयमा नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । कोरला नाका खोल्ने प्रस्तावपछि चिनियाँ सुरक्षाकर्मीहरु सीमासम्म नै आएर बसे पनि नेपाली सुरक्षाकर्मीहरुको उपस्थिति भने नेपालको सीमावर्ती क्षेत्रमा देखिदैन । चिनिया सीमा भन्दा झण्डै एक सय १२ किलोमिटर यता मात्रै नेपाली सुरक्षाकर्मी उपस्थिति रहेको छ । युरोनियमको खोजी अभियानको रिपोर्टिङमा गएका नेपाली पत्रकारहरु केही दिनअघि चिनियाँ सीमामै पुगेका थिए । तर उनीहरुले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी उपस्थिति नदेखेपछि खबरहले ब्यापकता पायो । त्यसपछि भने रक्षा मन्त्रालयको संयोजनमा तीन उपप्रधानमन्त्रीसहितको १७ सदस्यीय टोली विहीबार कोरला नाका पुग्यो । सेनाकै हेलिकोप्टर चढेर गएका टोलीमा उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझी तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि थिए । उक्त टोलीमा अर्थराज्यमन्त्री दामोदर भण्डारी, रक्षासचिव महेशप्रसाद दाहाल, सांसदहरु श्रीमायाँ थकाली, रोमी गौचन थकाली, महेन्द्र शेरचन तथा सडक विभागका महानिर्देशक माधवकुमार कार्की लगायत थिए । सरकारको उपस्थिति जनाउँन कोरला नाकामै पुगेको टोलीले सीमामा सुरक्षा पोष्ट खडा गर्ने जानकारी पनि दियो । सीमामा सुरक्षा पोष्ट राख्ने तयारीका लागि अध्ययन गर्न आफूहरु कोरला पुगेको मन्त्रीहरुले जानकारी दिए । सीमाको भ्रमणपछि रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा एमाले नेता भीम रावलले सुरक्षा पोष्ट निर्माणका लागि नापजाँच भइसकेको बताए । कोरला नाकाको सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा पोष्ट (बीओपी) राख्ने तथा लोमाङथाङ्मा नेपाली सेनाको ब्यारेक राख्ने तयारीस्वरुप जग्गा उपलब्ध उपलब्ध भइसकेको जानकारी मन्त्री रावलले दिए । करिब हजार रोपनी क्षेत्रफलमा सेनाको ब्यारेक राख्ने तयारी गरिएको पनि मन्त्री रावलले जानकारी दिए । कोरला सडकलाई दुई वर्षभित्र सम्पन्न गर्न विभागबाट टेण्डर आह्वान लगायतका कानुनी प्रक्रिया शुरु भइसकेको सीमाको भ्रमणपछि सडक बिभागका महानिर्देशक माधवकुमार कार्कीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy