Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हिलारी क्लिन्टनको इमेल प्रकरण पुनः छानबीन हुने

\"Hillaryवासिङटन, २४ असार । संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ । उनले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गरेकी थिइन । यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको छ । उनी आगामी निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेकोले पनि यस विषयलाई झनै विवादमा ल्याइएको छ । अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बीले यस विषयको छानबीनका लागि मन्त्रालयले पुनः यसको समीक्षा गर्ने भएको जानकारी दिएका हुन । । तर यसअघि भने अब त्यस विषयमा कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही गर्र्नुनपर्ने भनी समाचार आएको थियो । केही दिनमात्र अघि अमेरिकाका महान्यायाधिवक्ताले यस विषयमा क्लिन्टनलाई कुनै पनि किसीमको वा फौजदारी अभियोग लगाउन नमिल्ने सार्वजनिक जानकारी गराएका थिए । तर यस कारबाहीको विषयमा केही नभनेको भएपनि अमेरिकी विदेशमन्त्रालयले भने यस मुद्दालाई उक्त मन्त्रालयले एकपटक पुनः समीक्षा वा पुनरावलोकन गर्ने भएको जनाएको हो । बिहीबार विदेशमन्त्रालयका प्रवक्ता कर्बीले यस विषयमा पुनः अनुसन्धान गरिने बताएको विभिन्न सञ्चारमाध्महरुले जनाएका छन् । तर सो कस्तो किसीमको छानबीन हो र कहिलेसम्ममा यो छानबीन पूरा हुने हो भन्ने बारेमा भने केही बताइएको छैन । पूर्व विदेशमन्त्री क्लिन्टनलाई उनी आफू विदेशमन्त्री भएको समयमा आफ्ना निजी कुराहरुको पत्राचारका लागि किन कार्यालयको इमेल सर्भर प्रयोग गर्नुभएको थियो भन्ने बारेमा निकै प्रश्न गरिएको थियो । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies