Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

केसी अनसनले भिडन्त निम्त्याउँदै

\"Dr.-Govinda-KC\"काठमाडौं, २६ असार । लामो समयदेखि पटक पटक मेडिकल शिक्षाबारे आवाज उठाउँदै आएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीको अनसनले भिडन्त निम्त्याउने भएको छ । पटक पटक सहमति गरेर पनि सरकारले माग कार्यान्वयन नगरेको भन्दै केसीले आइतबारदेखि पुनः अनसन बस्ने तयारी गरेपछि डा.केसी विरुद्ध नै दुई दर्जन बढी चिकित्सकहरुले केसीको भण्डाफोर गर्दै अनसनको विरोध गरेका छन् । केसी अाठाैं पटक अनसनमा बस्न लागेका हुन् । पछिल्लो समय केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले काठमाडौं विश्वविद्यालयमा समेत हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका चार बुँदे माग अघि सारेपछि केसीको भण्डारफोर गर्दै डाक्टरहरु केसीकै विरोधमा उत्रिएका हुन् । अख्तियार प्रमुखकै विरुद्धमा केसी उत्रिएपछि उनको पक्षविपक्षमा जमात खडा भएको छ । जसले गर्दा भिडन्त निम्तिने देखिएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले पनि केसीको पक्ष र विपक्षमा बोल्न थालेका छन् । एमाले नेताहरुले केसीको विरोध गरेका छन् भने अन्य दलका नेताहरुले केसीको बचाउ गरेका छन् । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केसीले उठाएको स्वास्थ्य शिक्षासम्बन्धी आधारभूत माग जायज रहेको बताएका छन् । उनले केसीको मुद्दालाई अख्तियार केन्द्रित गर्न खोजिएकोमा आपत्ती जनाएका छन् । भट्टरार्इ ट्वीट गरी केसीको मुद्दालाई अख्तियार केन्द्रित नभइ सरकार केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् । उनले केसीको अनसनको विकल्पमा समाज वा राजनीतिका विभिन्न ब्यक्तिहरुको सामुहिक अवज्ञा हुन सक्ने बताएका छन् । मनमोहन अस्पतालका २७ जना डाक्टरहरुले भने सामुहिक विज्ञप्ति निकाल्दै केसीको अनसनको विरोध गरेका छन् । अस्पताल प्रशासनले पनि केसीलाई अस्पताल परिसरमा अनसन नबस्न निर्देशन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending