Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कसले मार्ला बाजी– यूरोकप उपाधिका लागि महाभिडन्त आज

\"portugal काठमाडौं, २६ असार । फ्रान्समा जारी यूरोकप फुटवलको उपाधिका लागि आइतबार राती पोर्चुगल र आयोजक राष्ट्र फ्रान्सबीच महाभिडन्त हुने भएको छ । १६औं संस्करणको युरो कप २०१६ को फाइनलमा पुुगेको फ्रान्स आफ्नै गृहमैदानमा लाखौं फ्रान्सेली नागरिकको साथमा मैदानमा उत्रिदैछ । विश्वविजेता जर्मनीलाई समेत पराजित गर्दै फाइनलमा पुगेको फ्रान्सलाई पोर्चुगल चुनौतिपूर्ण नै हुनेछ । पोर्चुगलले भने सेमिफाइनलमा नयाँ राष्ट्र वेल्सलाई २–० ले हराएको थियो । पेरिसको सेन्ट डेनिस रंगशालामा नेपाली समय अनुसार राति पौने एक बजे हुने फाइनल प्रतिष्पर्धा हुनेछ । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रान्सका एन्टोनी ग्रिजम्यान खेलका मुख्य आकर्षक मानिएका छन् । युरोकपमा सर्वाधिक गोलकर्ता ग्रिजम्यानले नै जर्मनीसँगको सेमिफाइनलको भिडन्तमा दुवै गोल गरेका थिए । अर्जेन्टिना खेलबाट बाहिरिएसँगै युरो कपका नायक बन्ने अवसर पाएका रियल मड्रिडका स्टार रोनाल्डोले यो अवसर नगुमाउने सोंचमा छन् । सन् १९९८ विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि घरेलु मैदानमा सन् १९८४ मा यूरोकप जितेको थियो । पोर्चुगलले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । सन् २००४ मा घरेलु मैदानमा फाइनलमा पुगेर पोर्चुगल पराजित भएको थियो । फ्रान्स र पोर्चुगल अहिलेसम्म २४ खेल मा फ्रान्सले १८ खेलमा जितेको छ भने पोर्चुगलले ५ खेल मात्रै जितेको छ । एक खेल भने बराबरी भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: