Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लगानी बोर्डका निर्देशक रमेश पन्तको घरमा विप्लव माओवादीको झण्डा

काठमाडौ,  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपालका ठूला जलविद्युत  आयोजनाहरुमा करोडौँ रकम कमिसन खाएर भारतलाई बेचेको भन्दै लगानी बोर्डका निर्देशक रमेश पन्तको राजधानीको चक्रपथस्थित घरमा झण्डा गाडेको हाे । माओवादीले राजधानीकै घरमा झण्डा गाडेसँगै राज्यलाई चुनौति दिदै यस्ता गतिविधि देशैभरी हुने सांकेतिक संदेश दिएको छ । झण्डा गाड्नुको मुल उद्धेश्य भ्रष्टाचारी तथा देशका दलालहरुलाई जनकारवाहीको सन्देश दिनु रहेको माओवादी स्रोतले जनाएको छ । माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी– २, अरुण– ३ लगायतका ठुला जलबिद्युत आयोजनाहरु भारतीय एकाधिकार सम्पन्न कम्पनीहरुलाई हस्तान्तरण गरेको बिरोधमा घरमा झण्डा गाड्नु परेको झण्डा गाड्ने टोलीको नेतृत्व गरेका नेकपा माओवादीका एक पोलिटव्युरो सदस्यले खबरडबलीलाई फोन गरेर जानकारी दिए । झण्डा गाडे लगत्तै झण्डा गाड्न गएका माओवादी कार्यकर्ताले पन्तको घरमा कोण सभा गरेर पर्चा छरेका थिए । ‘सुशील कोइराला नेतृत्वकाे सरकारले र त्यसका जलश्रोत मन्त्री राधा ज्ञवाली, लगानी बोर्डका निर्देशक रमेश पन्त र सत्तासिन राजनैतिक दलका मुख्य नेताहरुको साँठगाँठमा करोडौँ करोड कमिसन लिएर राष्ट्रहित विपरित माथिल्लो कर्णाली परियोजना गर्न खोजिएको छ ।’ उक्त पार्टीद्धारा घर कब्जा गरेपछि छरिएको पर्चामा उल्लेख गरिएको छ । पार्टीले नेपालको राष्ट्रिय पुँजिको विकासमा दिर्घकालिन असर पुर्याउने खालका यस्ता सबै सम्झौताहरु खारेजीको माग विप्लव नेतृत्वको माओवादीले गरेको छ । पर्चामा आयोजनाहरु तत्काल रोक्नका लागी विभिन्न तह र तप्काबाट पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधब कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई हुँदै शुशिल कोइराला सम्मलाई ध्यानाकर्षण गराइए पनि त्यस्को वेवास्था गरिएको र जर्बजस्ती सम्झौता गरिएकोले संघर्ष गर्नु परेको जनाएको छ । पछिल्लो समय नेपाल सरकारले विभिन्न परियोजनाहरु भारतसँग गर्न लागेकोमा नेकपा माओवादीले विरोध जनाउँदै आइरहेको छ  । मोहन बैद्य ‘किरण’ नेतृत्वको माओवादीबाट छुट्टिएर एकीकृत क्रान्तिको कार्यदिशा पारित गरेको चन्द नेतृत्वको माओवादीले जनयुद्धको उपलब्धीहरु रक्षा गर्न भन्दै पछिल्लो चरणमा घर कब्जा गर्ने तथा जनयुद्धकालिन मुद्धाहरुलाई पुनः सतहमा ल्याइ रहेको छ । उसले यस अघि राजधानीको ग्वार्को स्थिति हिमाल ग्यास कम्पनीबाट ग्यास सिलिण्डर वितरण गरेको थियो । लामो समय देखि राजधानीमा ग्यास अभाव हुँदा हुँदै पनि राज्य मौन रहेकाले जनताको पक्षमा ग्यास कम्पनी कब्जा गरेर ग्यास वितरण गर्नु परेको सो पार्टीले जनाएको थियो । एकीकृत क्रान्तिको मोडेलमा विप्लबले सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्नका लागि मध्यम वर्गलाई पनि क्रान्तिको पक्षमा अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै आफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए । चन्द नेतृत्वको पार्टीलाई नजिक देखि नियाली रहेकाहरुले यसलाई विप्लवको भुमिगत हुने रणकौशलको पुर्व अभ्यास बताएका छन् । राष्ट्रिय स्वाधिनताको रक्षाको लागि देश भित्र रहेका राष्ट्रघाती, दलाल, कालाबजारी गर्ने, घुसखोर तथा भ्रष्टाचारीहरुलाई विभिन्न किसिमका जनकारवाही गर्ने योजना रहेको सो पार्टीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy