Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

धुर्मुस सुन्तलीको सहयोग संकलन अभियान रोकियो

\"13652280_518182011722733_2022689065_nकाठमाडौं, ३० असार । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ । पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैँया आवश्यक छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्म दिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले, गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गरेको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।\"13652776_1183308281720359_1353429443_n\" फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारीत लक्ष्य हाँसील गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । अब २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिएकी छिन् । परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनले स्पष्ट गरेकी छिन् । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनि उनले जानकारी गराएकी छिन् । वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । बस्ती निर्माणका लागि देश तथा विदेशबाट थुप्रै सहयोगी हातहरुको साथ मिलेका कारण छोटो समयमै यो रकम जुटेकोप्रति फाउण्डेशनले खुशी एवं सबैमा धन्यवाद व्यक्त गरेको छ । अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको छ । खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौँ सहयोगी मनहरुका कारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढीरहेको फाउण्डेशनको भनाई छ । \"13652692_1183308025053718_1445459128_n\" झरीको बाबुजुद पनि दशैँ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गारो उठाउने काम रात दिन जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । बस्तीमा पानी, सडकको मर्मत लगायतका भौतिक पूर्वाधारको विकास सँगै अब काम अघि बढाउन सजीलो भएको उनको भनाई छ । तर, वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्या पारिरहेकाले अनुमानीत लागत नै बढ्ने हो की भन्ने चिन्ता पनि उत्तिकै रहेको उनले बताएका छन् । कलाकारीता सँगै सामाजिक कामबाट अझै बढी दर्शकको माया र विश्वास पाइरहेकाले जति सक्दो छिटो र कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ । दर्शककले गरेको विश्वासलाई अझै बढाउने हिसाबले पारदर्शी रुपमा काम सम्पन्न गर्ने फाउण्डेशनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending