Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

धुर्मुस सुन्तलीको सहयोग संकलन अभियान रोकियो

\"13652280_518182011722733_2022689065_nकाठमाडौं, ३० असार । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ४ करोड ७५ लाख रुपैँया सहयोग संकलन भएको छ । पाँच करोड अनुमानित लागतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैँया आवश्यक छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले जन्म दिन तथा अन्य खर्च कटाएर समेत सहयोग गरेका छन् । अब सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । त्यसैले, गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गरेको रकम जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।\"13652776_1183308281720359_1353429443_n\" फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारीत लक्ष्य हाँसील गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । अब २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने उनले जानकारी दिएकी छिन् । परियोजना संचालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनले स्पष्ट गरेकी छिन् । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनि उनले जानकारी गराएकी छिन् । वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । बस्ती निर्माणका लागि देश तथा विदेशबाट थुप्रै सहयोगी हातहरुको साथ मिलेका कारण छोटो समयमै यो रकम जुटेकोप्रति फाउण्डेशनले खुशी एवं सबैमा धन्यवाद व्यक्त गरेको छ । अहिलेसम्म फाउण्डेशनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको छ । खाने पानी तथा सरसफाई डिभिजन कार्यालय सिन्धुपाल्चोक, विद्युत प्राधिकरण, मेलम्ची नगरपालिकासँगै हजारौँ सहयोगी मनहरुका कारण एकिकृत बस्ती निर्माण कार्य तिव्र गतिमा अघि बढीरहेको फाउण्डेशनको भनाई छ । \"13652692_1183308025053718_1445459128_n\" झरीको बाबुजुद पनि दशैँ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने काम र गारो उठाउने काम रात दिन जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । बस्तीमा पानी, सडकको मर्मत लगायतका भौतिक पूर्वाधारको विकास सँगै अब काम अघि बढाउन सजीलो भएको उनको भनाई छ । तर, वर्षाले बाटो बिगारेर निर्माण सामग्री ढुवानीमा समस्या पारिरहेकाले अनुमानीत लागत नै बढ्ने हो की भन्ने चिन्ता पनि उत्तिकै रहेको उनले बताएका छन् । कलाकारीता सँगै सामाजिक कामबाट अझै बढी दर्शकको माया र विश्वास पाइरहेकाले जति सक्दो छिटो र कम लागतमा बालमैत्री, अपाङ्गमैत्री नमुना बस्ती निर्माण गरेर भूकम्प प्रभावित ६५ परिवारलाई दशैँमा घर उपहार दिने उनीहरुको योजना छ । दर्शककले गरेको विश्वासलाई अझै बढाउने हिसाबले पारदर्शी रुपमा काम सम्पन्न गर्ने फाउण्डेशनले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE