Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रेममा धोका पाएपछि एसिड प्रहार

काठमाडौं, ट्युृसन पढिरहेकी दुई छात्रा संगीता मगर र सीमा बस्नेतमाथि फागुन १० मा एसिड छ्याप्ने अभियुक्त जीवन विकलाई प्रहरीले शुक्रबार सर्वाजनिक गरेको छ । रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं टोखामा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनलाई सार्वजनिक गरेको हो । उनले ती दुई छात्रालाई एसिड प्रहार गरे लगत्तै फरार भएका थिए । एसिड प्रहार गर्नुको मुख्यकारण प्रेम सम्बन्ध रहेको बुझिएको छ । अभियुक्त विकले आफुमाथि संगीताको परिवारले हेपेका कारण एसिड हान्ने बाध्य भएको बताएको जनाए । अभियुक्तको बयानमा आधारित रही प्रहरीले संचारकर्मीलाई दिएको जानकारी अनुसार विकले संगीता र उनका भाई संतोष मगरलाई पहिला रडले हान्ने योजना बनाएको तर हिन्दी सिरियल हेरेका आधारमा पछि एसिड प्रहार गरेको जनाए । \"एसिडविकलाई पक्राउ गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा कार्यरत एसपी मीरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई टोखा स्थित उनकै डेराबाट पक्राउ गरेको हो । चौधरीको नेतृत्वमा रहेको डिएसपी रमेश थापा,शिशु शर्मा, दिनेश आचार्य वेद विष्ट, प्रहरी निरीक्षक पूर्णिमा चन्द र निरज भट्टको टिमले पक्राउ गरेको हो । विक, संगीता मगरको परिवारले डेरा गरी बस्ने घरमैं डेरागरी बस्ने युवक हुन् । प्रहरीले एसिड हान्नेलाई सार्वजनिक गर्न नसकेको भनेर चर्को आलोचना खेप्दै आएको थियो । अभियुक्तले संगितालाई ०६९ सालदेखि मन पराएको र संगिताले र उनको परिवारले अपमानित गरेका कारण यस्तो घटना घटाउनु परेको बताए । प्रहरीले विकलाइ पत्रकार सम्मेलनमा ल्याए लगत्तै उनी पत्रकार सम्मेलनस्थलमै बेहोस भएका थिए । विक वेहोस भएपछि उनलाई प्रहरीले अस्पताल तर्फ लगेको थियो । बिक बीबीएस प्रथम वर्षका विद्यार्थी हुन् । उनले संगीतालाई ट्युसन पढाउने क्रममा नजिकिएको तथा प्रेम बसेको बताए । उनले आफुले संगितालाई पहिले नै एसिड छ्याप्ने योजना बनाएपनि विभिन्न कारणले त्यो स्थगित गर्नु परेको बताएका थिए । एसिड आक्रमणमा घाइते भएकी संगीता र सीमा बस्नेत अहिले एसएलसीका परिक्षार्थी हुन् । उनीहरु दुवै जनाले बिहीबार अंग्रेजी बिषयको परिक्षा अस्पतालबाटै दिए । संगिताको अवस्था अझैपनि सामान्य हुन नसकेकाले उनले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत गराई रहेकी छन् । उलने आफ्ना सहयोगीमार्फत एसएलसी परीक्षा दिइरहेकी छन् । भने वीर अस्पतालमा उपचाररत सीमाले भने आफैंले परीक्षा दिइरहेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: