Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

दुर्गम क्षेत्रमा पर्यटकीय होटल खोल्न सुलभ दरमा कर्जा

\"nepalrastrabank\"काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका क्षेत्रमा सुविधासम्पन्न पर्यटकीय होटल स्थापना गर्न चाहने बैंक तथा वित्तीय संस्थालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ ।

आज सार्वजनिक आव २०७३÷०७४ को मौद्रिक नीतिमा पर्यटकीय गन्तव्य पाथीभरा, माइपोखरी, हलेसी, लाङ्टाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधासम्पन्न स्तरीय होटल स्थापना गर्न साधारण पुनःकर्जा उपलब्ध गराइने व्यवस्था गर्न लागिएको हो । ती स्थानमा नयाँ होटल तथा पर्यटकीय संरचना स्थापना गर्दा आर्थिक विकासमा टेवा पुग्ने र गरिबी निवारणमा समेत सहयोग मिल्ने बैंकको अनुमान छ ।

उच्च गरिबी रहेका बाजुरा, कालीकोट, बझाङ, हुम्ला, दार्चुला, जुम्ला, डोटी, अछाम, मुगु र बैतडी गरी दश जिल्ला तथा गरिबीको गहनता तुलनात्मक रुपमा बढी भएका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका दक्षिणी सीमावर्ती ११४ गाविस र चार नगरपालिकामा कृषि तथा साना व्यवसायमा आधारित आयमूलक उद्योगलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले एक प्रतिशत ब्याजदरमा विशेष पुनःकर्जा सुविधा उपलब्ध गराइने नयाँ मौद्रिक नीतिमा समावेश गरिएको छ ।

सरकारले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको युवा तथा साना व्यवसायीलाई तोकिएका व्यावसायिक कृषिमा प्रवाह हुने कर्जामा पाँच प्रतिशतका दरले अनुदान उपलब्ध गराउने र युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७१ मा आवश्यक संशोधन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको पहुँचमा नरहेका विपन्न वर्गभन्दा माथि रहेकाहरुलाई कर्जा प्राप्त गर्न सहज होस् भनेर साना तथा मझौला व्यवसाय डेस्कलाई थप प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । उद्यमशील युवालाई लगानीको बीउ पुँजी उपलब्ध गराउने उद्देश्यले स्थापना हुने जोखिम कोषमा सहज सुविधा दिने र त्यस्तो कर्जा उत्पादनशील क्षेत्रमा कर्जा तथा विपन्न वर्ग कर्जा गणना गर्ने व्यवस्था मिलाइएको छ ।

व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने रु दश लाखसम्मको परियोजना कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने केन्द्रीय बैंकको नीति रहनेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending