Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

माअाेवादीले ओली सरकार छाड्नुको दुई टुक उत्तर

नेकपा (माओवादी केन्द्र) ले ओली सरकारलाई दिएको समर्थन र पठाएको मन्त्रीहरु फिर्ता गरेपछि नेपाली राजनीति सरगर्मी व्हात्तै बढेको छ । धेरैले माओवादी केन्द्रको यो निर्णयलाई ठीक र समयानुकुल भनेका छन् भने केहीले बिरोध पनि गरेका छन् । सहि भन्नेहरु प्रचण्डले गठबन्धन बचाउन सक्दो प्रयास गरेका हुन् तर एमाले नै जिम्मेवार भएन भन्ने छन् । बिरोध गर्नेहरु अधिकांश एमाले कार्यकर्ताहरु र एमालेबाट कुनै न कुनै रुपमा लाभ प्राप्त गर्नेहरु छन्, जो एमालेका हरेक मै हुँ भन्ने नेतालाई प्रधानमन्त्री बनाउने जिम्मा माओवादीको हो भन्ने ठान्दछन् । नागरिक समाजका केही मान्छेहरु पनि अभुतपुर्व रुपमा दिग्भ्रमित छन् । आउनुहोस माओवादी केन्द्रले ओली सरकारलाई दिएको साथ समर्थन किन फिर्ता लियो भन्ने कुराको दुई टुक उत्तर सबैले बुझ्ने भाषामा खोजौं । [caption id=\"attachment_66300\" align=\"alignleft\" width=\"150\"]\"लेखक\" लेखक[/caption] एमाले अध्यक्ष केपी ओली जनयुद्ध सुरु भएयता र शान्ति सम्झौता भएर खुल्ला राजनीतिमा माओवादी आउदासम्म माओवादीको सबैभन्दा खुंखार बिरोधी भएर निस्किए । माओवादीले उनलाई प्रधानमन्त्रीका लागि समर्थन जनाउनु भन्दा केही महिना पहिलासम्म पनि उनको माओवादीप्रतिको बिरोध २० को १९ भएको थिएन । माओवादीलाई उखान टुक्का हाली हाली गाली गरेको सुन्न गाईजात्रामा मह जोडीको प्रहसन हेर्न जाने जत्तिकै मान्छेको भिड लाग्थ्यो । ओली जति मान्छे बढी देख्यो उति नै मच्चिइ मच्चिइ उखान हाल्थे । गलललल हाँसोको फोहोरा छुट्थ्यो ।
बैगुनीलाइ गुणले मार्न खोज्ने प्रचण्डको सद्भाव सायद ओलीलाई पचेन । माओवादीको मुख्य साथ र समर्थनबिना बन्न असम्भव ओली सरकार अब यस्तो छिल्लिन थाल्यो कि उसलाई जन्म दिने आमाको भूमिका खेलेको माओवादीलाई टेरपुच्छरै लगाउदैन । छाडा साँढे जस्तो पो डुक्रिन थाल्छ ।
नयाँ संबिधान जारी गरी जनयुद्ध र जनआन्दोलनका ऐतिहसिक उपलब्धिहरु संस्थागत गर्ने चपेटाले छोपी सक्दा पनि कांग्रेस एमाले सत्ताको लुछाचुँडीमै अल्झिरहँदा माओवादी र प्रचण्डले अभिभावकको भूमिका निर्वाह गरेको कुरा जग जाहेर छ । कांग्रेसको भद्र सहमतिको सपना टेकेर प्रधानमन्त्रीको कुर्ची ताकिरहेका एमाले अध्यक्ष ओली त्यतिबेला ङिच्च भए, जब कांग्रेसले भद्र सहमति भएको पनि छैन, सत्ता पनि छोड्दिन भन्दियो । कांग्रेसले एमाले सत्ता हस्तान्तरण गर्न भद्र सहमति गर्दा प्रचण्ड पनिसँगै थिए । कांग्रेसले दिनदहाडै धोका दियो । ओली तीनछक् परे । तर प्रचण्डले धर्म छाडेनन् । सार्वजनिक रुपमै भन्दिए कांग्रेसले संबिधान जारी भएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्छु भनेको हो । ओलीलाई त्राण मिल्यो । त्राण मात्रै मिलेन सत्ताको साँचो नै हात लाग्यो । जसले आफ्नो राजनीतिको मिसन नै प्रचण्डको खोइरो खनेर ताली खाए तिनै प्रचण्डले ओलीलाई सत्ताको माली बनाइदिए । जबकि सत्ता साझेदार कांग्रेसले भएको सहमति पनि भएको छैन भनेर लोप्पा खुवाइदिएको थियो ।
अाेली सरकार द्वन्दका घाउहरु मलमपट्टी गरी बिसेक हुन छोड्नुपर्ने उल्टै खाटा बस्नलागेका घाउ उधिनेर रगत निकाल्छ । एक थान संबिधान त बन्यो तर लागू गर्नेबेला बाख्रालाई भैंसीको सिङ् भारी भो भन्छ ।
प्रचण्डले धुवाँदार सहयोग गरे । मानौं प्रचण्ड र ओली हिजो लडाईंँ लड्दाका सहयात्री हुन् । बमको धमाकाले उछिट्याएर बाल बाल बाँचेका जिउदा सहिद हुन् । हिजोका सम्पूर्ण मतभेद भुलेर प्रचण्डले गरेको सहयोग समर्थन देखेर ओलीले हिजो गरेका कटाक्ष कति मान्छेले त भुले पनि । ओलीले तीन त्रिलोक चौध भुवन जोडेर दिएको गफ धेरैले पत्याए पनि । धेरैलाई लाग्यो अब ओलीले हान्छ, बिकासको गोली । बैगुनीलाइ गुणले मार्न खोज्ने प्रचण्डको सद्भाव सायद ओलीलाई पचेन । माओवादीको मुख्य साथ र समर्थनबिना बन्न असम्भव ओली सरकार अब यस्तो छिल्लिन थाल्यो कि उसलाई जन्म दिने आमाको भूमिका खेलेको माओवादीलाई टेरपुच्छरै लगाउदैन । छाडा साँढे जस्तो पो डुक्रिन थाल्छ । जनता महंगी र कालाबजारीको मारमा परि मर्न थालिसके पानीजहाज र ग्यासको धारो पो कुर्न भन्छ । मधेसीलाई सम्झाईबुझाई नजिक नजिक ल्याउनुपर्ने तर उल्टै उखान टुक्का हाली हाली गल्हत्याउँछ । भुँइचालोले धुजाधुजा परेका मन टाल्नुपर्ने आफै १५ औं लाखको भतेर हसुर्छ । द्वन्दका घाउहरु मलमपट्टी गरी बिसेक हुन छोड्नुपर्ने उल्टै खाटा बस्नलागेका घाउ उधिनेर रगत निकाल्छ । एक थान संबिधान त बन्यो तर लागू गर्नेबेला बाख्रालाई भैंसीको सिङ् भारी भो भन्छ ।
प्रचण्ड र माओवादीलाई आमाचकारी गाली गर्नेमा एमालेजन अग्रपंक्तिमा आउँछन् । मानौं प्रचण्ड तिनका सत्ताका ठेकेदार हुन् । प्रचण्डले तिनलाई जुग जुग बोकी राख्दिनु पर्ने ।
मैले जाहेर गर्न चाहेको दुई टुक कुरा यत्ति हो । यी कुरालाई मसिनो गरी केलाउन हिम्मत गर्ने हो भने हामी यथार्थमा आइपुग्छौं । बिरोध गर्ने जमात जुन छ, त्यसले यी कुरा कहिले बुझ्ने क्षमता राख्दैनन् । तिनका दिमाग महाकालीबाट रेल चढेर मेची पुगेको ओलीवाला सपनाले भरिएको छ । धारामा ग्यास बगेको चमत्कारले निलेको छ । तर बिर्सेको छ, प्रचण्डको सत्तोसराप गर्न फेसबुक खोल्न पनि मोबाइलमा चार्ज नभएको । पानी खान काकाकुल बनेको । बाटो हिड्दा हिलो धुलो र धुँवाले सास अचेटेको । डिग्री बोकेर डोरीलाउरे बन्न खाडी उडेको । महंगीले टाउको सेकेको । हो, सपना देख्नु पर्छ बाँड्नु पनि पर्छ । तर सपना पनि खाली पेटमा देखिन्न भनेर धरातलीय यथार्थ त अवश्य सबैले बुझ्नुपर्छ । यहाँ प्रचण्ड र माओवादीलाई आमाचकारी गाली गर्नेमा एमालेजन अग्रपंक्तिमा आउँछन । मानौ प्रचण्ड तिनका सत्ताका ठेकेदार हुन् । प्रचण्डले तिनलाई जुग जुग बोकी राख्दिनु पर्ने । हिजो आफुलाई साथ दिँदासम्म ठीक । आज मन लागेन साथ दिएनन । अनि बेठीक ? ओलीको सस्तो विकासे नारामा डुबेर स्वर्गानुभूती गर्न तल्लिन दिमागहरु छ भने थोरै दिमाग लगाउँ । मिलिजुली सरकार भनेको एकले अर्कालाई विश्वास र सम्मान गर्दासम्म मात्रै टिक्छ । चित्त बुझिरह्दा मात्रै चल्छ । चित्त बुझ्दा र एजेन्डा मिल्ने सम्भावना रहँदा मात्र टिक्छ । माओवादीलाई पनि रहर होइन, आफैले रोपेको बिरुवा काटेर फाल्न । किनभने एमालेसँग सहने हदसम्म सहेर गठबन्धन टिकाएकै हो । कांग्रेससँग भन्दा एमालेसँगै सत्ता साझेदारी गर्नु बढी प्राकृतिक हो । पछिल्लो पटक कांग्रेससँग मिलेर सरकार परिवर्तनको सरगर्मी चल्दा यो पंक्तिकारले त्यसो गर्न नहुने जोडदार मत राखेको थियो । र अरु हजारौँले पनि कंग्रेससँगको साझेदारीको बिरोध गरेका थिए । तर सस्ता विकासे नारा बेचेर सरकार छोड्ने अनि ति नाराको भरमा आउँदो चुनाव एकलौटी जित्ने तिम्रा खुफिया चाल बल्ल पर्दाफास हुँदैछन् । झुटको खेती गरेर जनताका दिमाग भ्रमित पार्न सिपालु एमाले चाल सायद अब जनताले बुझिपनि सकेका छन् । त्यसैले माओवादी पनि तिम्रा झुट र फरेवकासामू लत्रिनु भन्दा सोँच्यो ‘मर्ता क्या नही कर्ता’ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies