Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

‘प्रचण्ड प्रधानमन्त्री हुँदा चीन झन खुसी’

\"prachanda\"काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा चीन झन खुसी हुने बताएका छन् ।

आफ्नै निवासमा शुक्रबार कुरा गर्दै प्रचण्डले भने, ‘म १० वर्षदेखि चीनसँग नजिक छ । प्रचण्ड आउँदा चीन झन खुसी हुन्छ ।’

आफू नेतृत्वको सरकार भारतको इसारामा बन्ने लागेको भन्ने आरोपको खण्डन गर्दै उनले सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्ने प्रधानमन्त्रीको टिप्पणी निकृष्ट भएको बताए ।

उनले भने, ‘चीन र भारतका नाममा भनाएका कुरा हल्ला मात्र हुन् । र यो सत्ता टिकाउने डिजाइन मात्र हो ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समस्याको सहज निकास दिनुको साटो षड्यन्त्रमा लागेको आरोप पनि लगाए। ‘ओलीजीले राजीनामा दिनुको साटो लटरपटर गरेर षड्यन्त्रमा लाग्नु भएको छ,’ उनले भने,‘चीनसँगका सम्झौताहरू उहाँ प्रधानमन्त्री हुँदाभन्दा अगाडि मैसँग सल्लाह भएको थियो।’

सरकार अल्पमतमा परिसकेको भन्दै उनले तत्काल राजीनामा नदिनुले षड्यन्त्रको आभाष भएको बताए । उनले एमालेले भने जस्तो नयाँ सरकार बनाउन कानुनी अड्चन नरहेको र नियमावलीमा कुनै ‘कन्फ्युजन’ नरहेको दाबी गरे ।

उनलले ओली सरकार शान्ति प्रकृयाबिरुद्ध लागेकै कारण आफूहरुले ुमर्थन फिर्ता लिएको बताए । ओली नेतृत्वको सरकारले फुजेल, ओखलढुंगा काण्डमा ७६ वर्षका बुद्धलाई समेत थुनेर द्वन्द्वकालीन मुद्दा ब्यूताउने खोजेको पनि उनले बताए ।

एमालेसँग आफूले दुश्मनी नचाहेको तर ओलीले सहमती तोडेकोे उनले बताए । भाबी प्रधानमन्त्रीका्े चर्चामा रहेका प्रचण्डले अविश्वासको प्रस्ताव पास भएपछि फेरि सबैलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए ।

उनले अब बन्ने सरकारको प्राथमिकथता शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु भएको बताए । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याई संविधान कार्यान्वयन र पुनर्निर्माणको कामलाई तीव्रता दिनु आफ्नो एजेण्डा भएको उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE