Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’ प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २ साउन । ‘वैदेशिक रोजगारीका लागि श्रम आप्रवास’मा नेपालको स्थिति २०७१-७२ विषयक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले विसं २०६५-६६ देखि २०७१-७२ सम्म सात वर्षको अवधिमा नेपालीको वैदेशिक रोजगारीको अवस्थाबारे केन्द्रित रहेर तयार पारेको प्रतिवेदन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आज सार्वजनिक गरे ।

यो अवधिमा २७ लाख २३ हजार ५८७ जना वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोे र तीमध्ये ९५ दशमलव सात प्रतिशत पुरुष र बाँकी चार दशमलव तीन प्रतिशत महिला रहेको उल्लेख छ ।

यो सात वर्षको अवधिमा नेपाली विदेशिएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः मलेसिया ३३ दशमलव ३४ प्रतिशत, कतार १९ प्रतिशत, साउदीअरब १८ दशमलव ९३ प्रतिशत, संयुक्त अरब इमिरेट्स दुबई नौ दशमलव ८२ प्रतिशत कुवेत दुई दशमलव ४६ प्रतिशत रहेको छ ।

महिला कामदार गएका शीर्ष गन्तव्य मुलुकमा क्रमशः दुबई १९ दशमलव ८८ प्रतिशत, मलेसिया १७ दशमलव ९८ प्रतिशत, कुवेत १३ दशमलव ३६, कतार चार दशमलव ७४ प्रतिशत र लेबनान तीन दशमलव १९ प्रतिशत रहेको छ ।

कामदार विदेशिएका जिल्लामा सबैभन्दा बढी क्रमशः धनुषा, महोत्तरी, झापा, मोरङ, सिन्धुपाल्चोक, मकवानपुर काभ्रेपलाञ्चोक रहेका छन् । म्यानपावरमार्फत ७९ दशमलव नौ प्रतिशत र व्यक्तिगत रुपमा २० दशमलव एक प्रतिशत रहेको छ ।

यो अवधिमा चार हजार ३२२ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको र सबैभन्दा बढी मलेसियामा एक हजार ५६२, साउदी अरबमा एक हजार १६२, कतारमा ९३२, दुबईमा ३२६ र कुवेतमा १२९ जनाको मृत्यु भएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बोहराले अवैधानिक ढङ्गबाट जाने कामदारलाई रोक्ने र वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउनसके यो क्षेत्रका धेरै समस्या समाधान हुने बताए । प्रतिवेदनले वैदेशिक रोजगारीको अवस्थाबारे स्पष्ट चित्र ल्याउने काम गरेको बताए ।

मन्त्रालयका सचिव विष्णु लम्सालले भारतमा रोजगारीका लागि जाने नेपालीको तथ्याङ्क सङ्कलन र वैदेशिक रोजगारीमा भइरहेको मानव तस्करी रोक्न मन्त्रालयले योजना बनाइरहेको बताए ।

‘दि एसिया फाउन्डेसन’का देशीय प्रतिनिधि जर्ज भर्गिसले मुलुकको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत वैदेशिक रोजगारीबाट आउने विपे्रषणले धानिरहेको नेपालमा त्यसलाई व्यवस्थित गर्न यथोचित प्रयास आवश्यक रहेको धारणा राखे

अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन आइओएमका माउरीजिओ बुस्साटी, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालका निर्देशक जोसे एस्सालिनोले वैदेशिक रोजगारका लागि भावी कार्यक्रम र कार्ययोजना ल्याउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy