Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

सरकार परिवर्तन भइरहँदा विकासमा नकारात्मक असरः पोखरेल

\"girirajmani_pokharel\"बर्दिबास, ५ साउन । निवर्तमान शिक्षामन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का सचिव गिरिराजमणि पोखरेलले लगातार सरकार परिवर्तन भइरहने मुलुकको परिपाटीले विकास पूर्वाधारमा प्रतिकूल असर पु¥याएको बताएका छन् ।   महोत्तरी जिल्लाको क्षेत्र नं १ का सांसद रहेका पोखरेलले मङ्गलबार आफ्नै क्षेत्रको बर्दिबास नगरपालिकाले आयोजना गरेको स्वच्छ एवम् ‘ग्रिन सिटी’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकासका लागि स्थिर र जनमुखी सरकार आवश्यक हुने बताए ।   भर्खरै आफैँ सम्मिलित सरकारबाट बाहिरिएर प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका एक हस्ताक्षरकर्ता रहेका पोखरेलले दिगो सरकार बन्न नसक्नु राजनीतिक दल र सरकारको अयोग्यता भएको उल्लेख गरे। कुनै ठाउँको विकास सरकारी अनुदानबाट मात्र हुने सोचले मुलुक अपेक्षितरुपमा उँभो लाग्न नसकेको उनको थप भनाई थियो । अहिले महोत्तरीसहितका पूर्व–पश्चिम राजमार्ग वरपरका बस्ती सहरीकरण हुने क्रम बढेसँगै खानेपानीको समस्या बढेको पोखरेलले औँल्याउनुभयो । बढ्दो सहरीकरणबीच चुरे संरक्षण, जलाधार क्षेत्रको संरक्षण र वन सम्पदाको समुचित संरक्षण नगरिएर वृक्षरोपणका थप काम नगरिँदा पानीको हाहाकार बढेको पोखरेलले बताए । कार्यक्रममा वातावरण विज्ञ बिके महर्जन र अनुरुप मानन्धरले ग्रिन सिटी अवधारणाभित्र गरिनुपर्ने कामबारे कार्यपत्र नै प्रस्तुत गरेर छलफल चलाउनुभएको थियो । कार्यक्रममा अब नगरको समग्र विकासका लागि भूबनोट र उपयोगिताबारे अध्ययन प्रतिवेदन तयार गरेर योजनाबद्ध काम थालिनु पर्नेमा सहभागीले जोड दिएका थिए । बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका योजना निर्माणमा संलग्न हुने कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल र सामाजिक सङ्घसंस्थाका अगुवा एवम् सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy