Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

नेतालाई छलफल भन्दा मतदानको हतारो

\"Joj:yflksf काठमाडौं, ८ साउन । बजेट आश्रित विधेयकहरु फेल गराएर अविश्वासको प्रस्तावमा प्रवेश गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई संसदमा अविश्वासको प्रस्तावमाथिको छलफल भन्दा मतदानको हतारो गरेका छन् । अविश्वास प्रस्तावमाथि आइतबार मतदान हुँदैछ । लामो विवादपछि प्रक्रियागत ढंगले नै बजेट आश्रित विधेयक प्रस्तुत गरेपछि अविश्वासको प्रस्ताव पेश गरी शुक्रबारदेखि नै छलफल शुरु गरिएको छ । विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित तीन विधेयकहरु शुक्रबारको बैठकमा पेश गरिएको थियो । बजेट आश्रित विधेयकको बाहना बनाएर सत्तारुढ दल एमालेले किचलो गर्न थालेपछि सरकारबाट फिर्ता भएको माओवादी केन्द्रले आफूसहितको सरकारले ल्याएको बजेट आश्रित विधेयक नै अस्वीकृत गरिदिएको थियो । आर्थिक विधेयक अस्वीकृत भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा शुक्रबार नै अविश्वासको प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि शनिवार दोस्रो दिनको छलफल प्रारम्भ भएको छ । तर कांग्रेस माओवादीले भने छलफललाई महत्व नदिएर मतदानको हतारोमा रहेका छन् । संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि शनिबार र आइतवार छलफल गराई आइतवार नै मतदान गरिने भएको छ । सभामुख ओनसरी घर्तीले मतदान गरिसक्ने गरी कार्यसूची पेश गरेकी हुन् । दुईृ दिनसम्म छलफल चलेपछि प्रधानमन्त्रीले  छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । जवाफपछि पनि अविश्वास प्रस्ताव फिर्ता नभएका खण्डमा कानुनी प्रावधानअनुसार सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछिन् । त्यसपछि सभामुखले प्रस्तावका पक्षमा र विपक्षमा हुने संसद् सदस्यहरुका लागि छुट्टाछुट्टै कक्षमा हस्ताक्षर गरी मत प्रदान गर्ने व्यवस्था गर्नेछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies