Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

भूकम्प र बाढीले थिलोथिलो पारेको सिन्धुपाल्चोकमा पहिरोको त्रास

\"sindhupalchok_district\"सिन्धुपाल्चोक , ९ साउन । अविरल वर्षाको कारण जिल्लाको अधिकांश भूभागहरु कमजोर बनिरहेका छन् । भूकम्पले हल्लाएर थिङ्थिलो बनाएको जमिन अहिले बर्षायाममा अत्याधिक पानी पर्न थालेपछि जिल्लाभार पहिरोको त्रास बढेको हो । भोटेकोशी उर्लिएको केहि हप्तामै माहांकाल ८ मा पहिरो जाँदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा माहांकाल ८ का कृष्ण बहादुर तामाङ र उनकी श्रीमती शान्ति तामाङ्ग र विष्णु माया तामाङ रहेका छन् । घाईते शान्ति तामाङको मेलम्चीमा उपचार भैरहेको छ भने गम्भीर घाईते कृष्ण बहादुर तामाङ्ग र विष्णृमाया तामाङ्गलाई उपचारका लागि काठमाण्डौँ लगिएको छ । पहिरोमा पुरिएकाहरुको प्रहरी र स्थानिय बासिन्दाहरुले उद्धार गरिएको मेलम्ची ईलाका प्रहरी कार्यालयका प्रमुख निरज डाँगीले जानकारी दिए । जोखिमका क्षेत्रमा कहिले र कतिखेर पहिरो खस्ने हो त्यो अनुमान लगाउन नसक्ने अवस्था छ । अहिलले जिल्लाका अधिकांश भागहरु पहिरोको जोखिममा परेका छन् । सो क्षेत्रका स्थानियहरुलाई स्थानिय प्रसाशनले सुरक्षित रहन आग्रह समेत गरिरहेको छ । भोटेकोशिमा ८१ घर मिसिए असार २१ गते रातिदेखि आएको भोटेकोसी नदीको बाढीले जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसे लगायतका क्षेत्रबाट हालसम्म ८१ वटा घर बगाएको छ । अत्यधिक वर्षाका कारण जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको हो । हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् । बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँ–ठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ । कटान रोकीएको छैन बर्षाको समय भएकाले पानिको बहाव कहिले बढ्ने र घट्ने क्रम रोेकिएको छैन । गाति गाविसकोे जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अहिले सो क्षेत्रमा सर्वसाधारणहरु त्राहिमाम् जिवन गुजारिरहेका छन् । कहिले बाढी आएर हामीहरुलाई पनि लाने हो भन्ने चिन्ताले सताईरहेको बाढी पीडितको गुनासो छ । १०८ जनाको सुरक्षित स्थानान्तरण तातोपानीलगायतका विभिन्न स्थानबाट सम्पर्किवहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् । चाँकुसम्मको सडक खुल्यो भोटेकोसी नदीमा दुई साताअघि आएको बाढीले क्षतविक्षत बाह्रबिसेदेखि चाँकु सम्मको सडक खुलेको प्रमुख जिल्ला अधिकारी गोकणमणि दुवाडीले बताएका छन् । चाँकु देखि तातोपानीसम्मको ९ किलोमिटर सडक पुरै क्षति भएको हुनाले सो क्षेत्रमा सडक खुलाउन केहि समय लाग्ने समेत प्रजिअ दुवाडी बताउँछन् । सम्पूर्ण मानव शक्ति र यान्त्रिक औजार प्रयोग गरी द्रुत गतिमा काम भएको हुँदा अबको चाँकु सम्मको सडक यति छोटो समयमा नै खोल्न सफल भएका हुन् । सडक सुचारु नहुदा स्थानियलाई आवातजावत दखि लिएर दैनिक उपभोग्य सामाग्री ढुवानिमा समेत समस्या हुदै आएको थियो । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको छ । सो क्षेत्रमा अहिले वर्षा भइरहेकाले काम गर्न गाह्रो भए पनि प्रविधिक सहितको टोली परिचालन गरी दैनिक चार यन्त्र प्रयोग भइरहेको छ । सरकारी पक्षको वेवास्ता बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको बाढि पीडितको गुनासो छ । गैर सरकारी संस्थाले आएर यस्तो दुख परेको अवस्थामा हेर्दा समेत सरकारी पक्ष उदासिन बनेको देख्दा आफुहरुलाई धेरै दुख लागेको पीडितहरु बताउँछन् । विपत्तिमा दल र सांसद एक हुँदै जिल्लाका प्रमुख राजनीतिक दलका नेता तथा सांसदले त्यहाँ प्राकृतिक विपत्ति परेकाहरुको पुनःस्थापना गर्न एक जुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत दिन र पुनःस्थापना गर्न सरकारसँग तत्काल माग गरेका छन् । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष तथा सांसद अमृतकुमार बोहर, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबरा, स्थानीय विकास सहायकमन्त्री रेशम लामा, सांसद राज्यलक्ष्मी श्रेष्ठ, सांसद शेरबहादुर तामाङ, नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाललगाएत अन्य राजनितिक खलका नेता र सांसदहरु प्रकोपको पीडामा सबै दल एक ठाउँमा उभिनुपर्ने र आफुहरु एकजुट भएर लागेको बताएका छन् । तत्काल बाढीबाट विस्थापितलाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दल एक भएर पीडितको पुनःस्थापनामा ध्यान दिनुपर्ने उनिहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies