Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

एमालेभित्रै दूई धार : अब के गर्लान् ओलीले ?

\"kp-oli-final-final9-400\"काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नेकपा माओवादी केन्द्रले व्यावस्थापिका संसद्या प्रस्तुत अविस्वासको प्रस्तावमाथिको छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्लान् ? आज ओलीले छलफलमाथि जवाफ दिने कार्यक्रम छ । उनले जवाफको क्रममै प्रधानमन्त्री पदबाट राजीनामा देलान् या मतदानबाट पदमुक्त होलान् ? प्रधानमन्त्री ओलीले राजीनामा दिए उनको सम्मानजनक बहिर्गगमन हुनेछ भने संसदमा हुने अविस्वासको प्रस्तावमाथि मतदान भए उनको बहिर्गमन सम्मानजनक हुने छैन । उनको बहिर्गमन कस्तो होला भन्ने भन्दापनि अहिले एमालेले नयाँ सरकार निर्माणका लागी सहज बाटो छोड्ला या संबैधानिक अड्चनको कुरा उठाउँदै स्वत काम चलाउ सरकारमा रुपान्तरण हुने ओली सरकारको आयु लम्ब्याउने खेलमा जाला ? शुक्रबार संसदमा अविस्वास प्रस्तावमाथिको छलफलमा एमालेका संसदीय दलका उपनेता एंव ओलीका विस्वासपात्र सुवास नेम्वाङले नयाँ सरकार निर्माणका लागी संबैधानिक प्रष्टताको कुरा उठाएर ओली सरकारको कामचलाउ आयु लम्ब्याउने खेलमा ओली रहेका जनाउ गरिसकेका छन् भने एमालेकै नेताहरु माधब कुमार नेपाल, झलनाथ खनाल र वामदेब गौतम लगायतकाले एमालेले नयाँ सरकार निर्माणका लागी सहज बाटो बनाईदिनुपर्ने धारणा राखिरहेका छन् । उनीहरुका अनुसार संबैधानिक जटिलतामा अल्झाएर इगोको राजनीति गर्दा एमालेलाई राजनीतिक घाटा हुनेछ । तर स्वंयम ओली भने नेताहरुको यो धारणासँग सहमत नभएको कुरा उनी निकटका नेताहरुले दिईरहेको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । यस्तो गर्न सक्छन् ओलीले आज संसदमा प्रधानमन्त्रीले राजीनामा गरेपनि या पदमुक्त भएपनि ओली काम चलाउ प्रधानमन्त्रीको रुपमा रहिरहने छन् । उनले संधिानमा नयाँ सरकार गठनको व्यवस्था नभएको भन्दै संविधान संशोधनको मुद्धा उठाउन सक्छन् भने अर्कोतिर उनकै पार्टीबाट राष्ट्रपतिमा निर्बाचित विद्यादेवि भण्डारीलाई प्रभावित गरेर सरकारको आयु लम्ब्याउन सक्छन् । भण्डारी हिजो पार्टी राजनीतिमा ओली निकट रहेर काम गरेकी नेतृ हुन् । पहिलो त राष्ट्रपतिले संबैधानिक प्रष्टता माग गर्न सक्छिन् । उनले त्यसको लागी कानुनविज्ञहरुसँगको छलफल भन्दै केही समय लिन सक्छिन् भने सर्वोच्वको राय लिनका लागी केही समय लम्ब्याउन सक्छिन् । यसरी काम चलाउ सरकारको आयु लम्ब्याउँदा नयाँ परिस्थिति निर्माण हुने राष्ट्रिय सरकारको कुरा उठाउँदै प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिने नयाँ शिरामा कांग्रेससँग समिकरण बदल्ने योजना ओलीले निर्माण गर्न सक्छन् । माथि उल्लेखित खेलहरु जेजे अपनाएपनि ओलीले नयाँ सरकार निर्माणमा सहज भूमिका खेलेनन् भने एमालेमाथि राजनीतिक रुपमा सत्तालिप्साको कलंकबाट बच्न सक्दैन भने उसले यसको असर आउँदो निर्बाचनमा भोग्न पर्ने हुनसक्छ । एमालेकै नेपाल, खनाल र गौतम यही तर्क गरिरहेका छन् । यसले एमालेले आजसम्म जे जति छवि बनायो त्यो धुमिल बनाउन भूमिका खेल्नेछ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies