Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

पौडेलले भने– दोहोर्याई तेहेर्याई प्रधानमन्त्री भइराख्नुस्

\"ramchandraकाठमाडौं, ९ साउन । नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरू दोहोर्याई तेहोर्याई प्रधानमन्त्री बनेकोप्रति तिताे पोखेका छन् । ब्यवस्थापिका संसदको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदे नेता पौडेलले भने सत्तामा गइराख्नुले अर्थ नराख्ने ब्यवस्था राम्रो बनाउनुपर्नेमा जोड दिए । ‘दोहोर्याई तेहेर्याइ प्रधानमन्त्री भइराख्नु भएको छ, मलाई केही छैन,’ नेता पौडेलले भने, ‘सत्ता कसकसले लिने हो लिइरहनुस्, तर ब्यवस्था राम्रो बनाउँ ।’ नेता पौडेलले संविधान कार्यान्वयनको चुनौतीको अवस्थामा रहेको अवस्थामा एमालेलाई पनि धेरै चिढाउन नहुने बताए । मेरो मध्यमार्गी प्रस्ताव दुवैले स्वीकारेनन् कांग्रेस नेता पौडेलले सहमति र सहकार्यको आवश्यकता रहेकाले आफूले पेश गरेको मध्यमार्गी प्रस्ताव दुवै पक्षले अस्वीकार गरेको बताए । संविधान कार्यान्वयनको चुनौतीलाई पूरा गर्न सहमति आवश्यक भएकाले आफूले पेश गरेको मध्यमार्गी चार बुँदे प्रस्ताव दुर्वतर्फबाट अस्वीकार गरिएपछि त्यसलाई मनन् गर्न आग्रह गरे । मध्यमार्गी प्रस्ताव राखेर प्रधानमन्त्री ओलीको सम्मानजनक बर्हिगमन आफूले चाहेको पनि उनले उल्लेख गरे । संविधान कार्यान्वयनबाट एमाले पन्छिन पाउँदैन कांग्रेस नेता पौडेलले सरकारबाट बाहिर हुँदैमा संविधान कार्यान्वयनको जिम्मा आफ्नो नभएको भन्ने एमालेले सोंच्नु नहुने बताए । उनले सत्ता नभइ ब्यवस्थाको चिन्ता गर्न आग्रह गर्दै बर्तमान ब्यवस्थाबारे अन्य कुरा नसोंच्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ‘संविधान कार्यान्वयनको जिम्मेवारीबाट तपाईँ पन्छिन सक्नुहुन्न,’ ओलीलाई इंगित गर्दै पौडेलले भने, ‘सत्ता भन्दा ब्यवस्था अस्थिर भएको छ, यसतर्फ सोचौं ।’ उनले राजनीतिक दलहरुको करणी एउटा र कथनी अर्को हुने गरेको भन्दै दुःख ब्यक्त गरे । संवाद र सहकार्यको विकल्पलाई नछोड्न पनि उनले सबैलाई आग्रह गरे । नेपालको भू–राजनीतिक अवस्थालाई अतिरञ्जित गरेर पार नलाग्ने भन्दै त्यसतर्फ पनि पौडेलले नेताहरुलाई सचेत गराए । नेता पौडेलले नेपालको राजनीतिक ब्यवस्था २००७ सालकै परिपरि घुमिरहेको बताए । ००७ मौलिक परिवर्तन नै ल्याएको उनको भनाइ थियो । उनले ग्राहम स्वराजको मर्मलाई बुझ्न पनि आग्रह गरे । सत्तामा रहदाको देशभक्ति एउटा, सत्तामा नरहँदाको देशभक्ति अर्को नहुने पौडेलको भनाइ थियो । उनले कसैले पनि अवसरवादी ब्याख्या गर्न नहुनेमा जोड दिए । अतिरञ्जित नगरौं नेता पौडेलले नेपालको संविधानलाई कसैले पनि अतिरञ्जित गर्न नहुने बताए । ‘कसैले पनि संधिवानबारे अतिरञ्जित नगरौं,’ उनले फोरम अध्यक्ष उपेन्द्र यादवलाई नै कोड गर्दै भने, ‘उपेन्द्रजीलाइ पनि भन्छु, अतिरञ्जित धेरै नगर्नुस् । कहाँ कहाँ केके नमिलेको हो मिलाएर जाउँ ।’ संविधानमा दक्षिणपन्थी बामपन्थी सबैले सही गरेको उल्लेख गर्दै अन्तिरञ्जित गर्नु नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending