काठमाडौँ, ९ साउन । केबलकार सञ्चालनका लागि अनुमति पाऊँ भनी निवेदन दिनेको सङ्ख्या बढ्न थालेपछि व्यवस्थित गर्न कार्यविधि आउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केबलकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न एक हप्ताभित्र कार्यविधि ल्याउने तयारी गरेको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले राससलाई जानकारी दिए ।
कार्यविधि बनेपछि केबलकार राजस्वको दायरामा पनि आउने मन्त्रालयको विश्वास छ । कार्यविधि नहुँदा अहिले केबलकारको भाडा कसले तोक्ने भन्नेसमेत स्पष्ट छैन ।
“सरकार सञ्चालनको कार्यविधिअनुसार यातायातको साधन भएकाले केबलकारको अनुमति दिने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तोकिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले पनि पर्यटनसँग सम्बन्धित भएको भन्दै अनुमति दिन थालेपछि अन्योलता थियो, त्यो अन्योलता पर्यटन मन्त्रालयले यसअघि अनुमति दिएका केबलकार सञ्चालनको विवरण मन्त्रालयलाई सुम्पेसँगै अन्त भएकाले कार्यविधि ल्याउन लागिएको हो”–प्रवक्ता कार्कीले भने।
कार्यविधि आएपछि केबलकारको भाडा निर्धारण, नयाँ निवेदन दिएकाको सम्भाव्यता अध्ययन गरी अनुमति दिने काममा सहजता आउने यातायात मन्त्रालयले जनाएको छ । विसं २०५५ देखि चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म नेपालमै पहिलो केबलकार सञ्चालनमा आएको थियो । यस वर्ष वैशाखदेखि काठमाडौँको चन्द्रागिरिमा पनि केबलकार सुरु भएको छ ।
ताप्लेजुङको पाथिभरा, प्युठानको स्वर्गद्वारी, चितवनको मौलाकालिका, कास्कीको शान्तिस्तुपलगायत स्थानमा पनि केबलकार सञ्चालनका लागि अनुमति पाऊँ भनी मन्त्रालयमा निवदेन दर्ता भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: