Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

बाधा अड्काउ फुकाउने अधिकारसँगै नयाँ सरकार गठनको दौडधुप

\"Bidhya-bhandari-with-top-leader\"

काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेसँगै नयाँ गठबन्धनमा संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताको दौडधुप सुरु भएको छ ।

नयाँ सरकारको गठबन्धनमा संलग्न हुने समझदारी बनाएका ती दुई दलका नेताबीच आफूले पाउने मन्त्रालय, आफ्नातर्फबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य साना दललाई कसरी समावेश गराउने भन्ने विषयमा आन्तरिक गृहकार्य आरम्भ भएको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) विपक्षीमा बस्ने देखिएकाले उसले भने भावी सरकारमा कुनै चासो देखाएको छैन । काँग्रेसले दुई ठूला दलले सँगै सरकारमा बस्न नहुने मान्यता अघि सारेको र काँग्रेस र माओवादी केन्द्रको अविश्वासको प्रस्ताव दर्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजीनामा दिएका कारण एमाले तत्काल सरकारमा जाने सम्भावना देखिएको छैन । मोर्चाले संविधान संशोधनका आफ्ना कार्यसूचीको सम्बोधनका आधारमा सरकारमा जानेबारे निर्णय गर्नेछ ।

व्यवस्थापिका–संसद्को ठूलो दल काँग्रेसका सभापति शेरबहादुर देउवाले आज आफू निकटका नेतासँग अनौपचारिक छलफल गरेका छन । उनले नयाँ सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने आफ्नो पूर्वसमझदारीअनुसार गठबन्धनलाई कसरी अगाडि बढाउन सकिन्छ र पार्टीबाट कुन आधारमा व्यक्तिको छनोट गर्दा उपर्युक्त हुन्छ भनेर परामर्श गरेको बुझिएको छ ।

सो परामर्शमा सहभागी काँग्रेस नेता अर्जुननरसिंह केसीले आफूहरुबीच सामान्य कुराकानी भएको र कुनै टुङ्गो लागिनसकेको बताए । प्रधानमन्त्रीसहित माओवादी केन्द्रले आठ र काँग्रेसले गृहसहित अन्य आठ मन्त्रालय लिने अनौपचारिक सहमति भएको बाहिर आए पनि ती दलले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश आज जारी गरी संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरे पनि सो अवधिमा सहमतिको सरकार बन्ने स्थिति नरहेकाले बहुमतीय सरकार गठनको गृहकार्य भएको हो ।

संविधानको धारा ३०५ मा “यो संविधान बमोजिम सङ्घीय संसद्को निर्वाचन भई त्यसको पहिलोे अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ”, भनिएको छ । त्यस्तो आदेश जारी भएपछि तत्काल बसेको संसद्समक्ष अनुमोदनका लागि पेस गर्नुपर्नेछ । संसद्को बैठक मङ्गलबार बस्दैछ । कतिपय दल र नेताले सो आदेश जारी नभए पनि सरकार गठनमा संविधान बाधक नभएको तर्क गरेका छन् तर राष्ट्रपतिको कदमको विरोध गरेका छैनन् ।

राष्ट्रपतिले आजै नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आज गर्नुभएको परामर्शमा पनि राष्ट्रिय सहमतिको सरकारको कुनै गुञ्जायस देखिएको थिएन । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा परामर्श सुरु भएको हो । नयाँ सरकार गठनमा अस्पष्ट रहेको धारा २९८ लाई बाधा अड्काउ फुकाउने आदेश जारी गरी स्पष्ट पार्ने काम गर्नाले ओलीको सरकार लम्बिने हो कि भन्ने आशङ्काको पनि अन्त्य भएको छ ।

यही साउन ४ गतेको एमाले स्थायी कमिटीले ‘बृहत्तर राष्ट्रिय हितलाई सर्वाेपरि राख्दै संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, सरकारले अघि सारेको निर्वाचन कार्यतालिकाको कार्यान्वयन, मुलुकमा उत्पन्न समस्याको संविधानसम्मत समाधान, नीति तथा कार्यक्रम र बजेटको निरन्तरता र त्यसको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको’ भन्ने निर्णयका आधारमा सो पार्टीले सहजीकरण गरेको हो ।

एमालेले लोकतान्त्रिक शान्तिपूर्ण आन्दोलनका लागि गरेको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि लोकतान्त्रिक मूल्यमान्यता र परिपाटी तथा संविधानले निर्दिष्ट गरेको व्यवस्थानुरुप आउने जुनसुकै परिणामलाई सहज रुपमा स्वीकार गरी मार्गप्रशस्त गरेको हो । सरकारबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्रले काँग्रेससँग मिलेर गत असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE