Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बाढी र पहिरोमा परी प्यूठानमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

\"Badhiप्यूठान, १२ साउन । बाढी र पहिरोमा परी प्यूठानमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ६ जना अझै वेपत्ता छन् । सबैभन्दा धेरै फोप्ली गाविसमा २४ जनाको मृत्यु भएको छ ।

बुधवार विहान गएको पहिरोमा पुरिएर फोप्ली ६ सिममा ७ जनाको मृत्यु भएको छ । हरिबहादुर केसी र उनकी श्रीमती विन्दु, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा, जागेश्वर बुढाथोकी र उनकी श्रीमती पिमा र नारायण केसीको मृत्यु भएको छ ।

नानुमैया केसी र भिमसेन पुनलाई भने सकुशल उद्धार गरिएको छ । नानुमैयाको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार साँझ सात बजेसम्म प्राप्त विवरणअनुसार मृतकको संख्या ३४ पुगेको हो । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए ।

अर्खा गाविस ३ मा वेपत्ता भएका एकै परिवारका तीन जनाको दुई दिन पछि शव फेला परेको छ । देवबहादुर बुढा, उनका छोरा हिमाल र छोरी जमुनाको शव फेला परेको हो ।

यसैबीच बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई प्रारम्भिक राहत वितरण शुरु गरिएको छ । बुधवार बिहान बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयमा फोप्ली, लुङ र अर्खामा राहत विरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्यूठान मार्फत त्रिपाल, भाडाकुडा, लत्ता कपडा, जीवनजल, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठान मार्फत नुन, तेल, दाल, चिउरा र प्यूठान उद्योग वाणिज्य संघ मार्फत चामल वितरण गरिएको छ ।

यसैबीच प्यूठानमा निर्वाचित एवं जिल्लाका राजनीतिक दलका नेताहरुले घटनाप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा मंगलबार बसेको प्यूठानका नेताहरुको बैठकले एमाले उपाध्यक्ष एवम् सांसद बामदेव गौतमको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओली, गृह तथा रक्षा मन्त्री भिम रावललगायतलाई भेटेर खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE