देशलाई राष्ट्रियता र जनतन्त्रको गम्भीर रोग लागेको छ । राष्ट्रियताको पनि समस्या छ, जनतन्त्रको पनि समस्या छ । दुईतिर क्यान्सर लागेकाले एकातिर मात्रै अपरेशन गर्छु भनेर हुँदैन ।राष्ट्रियताको खतरा त त्यो अवस्थामा हुन्छ कि जब अहिलेको संविधान कार्यान्वयन हुन सक्दैन भनेर पो भन्छन् ? त्यो कुरा बिल्कुल गलत हो । राष्ट्रियता, लोकतन्त्र, जनतन्त्र सबै एक ठाउँमा जोडिएका हुन्छन् । राष्ट्रियता, लोकतन्त्र र जनजीविका एकदमै को–रिलेटेड एकअर्कासँग सम्बन्धित भएर गइराखेको छ । त्यसकारणले राष्ट्रियताबिनाको लोकतन्त्र साम्राज्यवादी विस्तारबादी लोकतन्त्र हो । त्यो तरिका त देखियो नि त । राष्ट्रियता र लोकतन्त्रको समस्या एकैचोटी हल हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । एमाओवादीका साथीहरुसँग हाम्रो त्यहिँनिर पर्या हो । पहिले बाबुरामजीले लोकतन्त्रको हल गर्नुपर्यो भनेर त्यस्तै गर्नुभयो । एकपटक लोकतन्त्रको हल गर्ने अर्को पटक राष्ट्रियताको भन्ने नै हुँदैन । राष्ट्रियता, लोकतन्त्र र जनतन्त्रको हल एकैपटक गरिनुपर्छ । देशलाई राष्ट्रियता र जनतन्त्रको गम्भीर रोग लागेको छ । राष्ट्रियताको पनि समस्या छ, जनतन्त्रको पनि समस्या छ । दुईतिर क्यान्सर लागेकाले एकातिर मात्रै अपरेशन गर्छु भनेर हुँदैन । जनताको जनतन्त्रमा पनि क्यान्सर लगाइदिएका छन् । दुवैको एकैपटक निदान गर्नुपर्छ । क्यान्सर जनतामा होइन, शासक वर्गमा लागेको छ । अवसरवादीहरुमा क्यान्सर लागेको छ । त्यो क्यान्सर निको पार्ने उपाय तपाईँहरुसँग के छ त ? क्यान्सर निको पार्ने भनेको त संघर्षको तयारीबाट नै हो । जनताकोबीचमा जाने र संघर्षको तयारी गर्नुपर्छ । संघर्षकाबीचबाट क्यान्सर हट्छ । यी समस्याहरु समाधान गर्न संघर्षबिनाको बिकल्प छैन । संघर्षबाट नै त्यो क्यान्सरलाई फाल्नुपर्छ । अहिलेको केपी ओलीको सरकार संविधानमा उल्लेख भएको संक्रमणकालीन अवस्थासम्म रहिरहनुपर्दथ्यो भन्ने हो तपाईँहरुको बुझाइ हो ? त्यो चाँही हामी भन्दा बाहिरको कुरा हो । यो प्रक्रियामै हामी सहभागी भएका छैनौं । त्यसैले यसमा हामीले यो वा त्यो भन्ने कुरा नै होइन । सारमा यी कोही पनि ठीक छैनन् । जनताको सरकार नआइकन केही पनि हुँदैन भन्नेमा हामी प्रष्ट छौं । ओली सरकार रहनुपर्छ भन्ने पनि होइन । ओली सरकार बस्नैपर्छ भन्ने पनि होइन र उनी आउनैपर्छ भन्ने कुरा पनि होइन । देश र जनताको हिसाबले हेर्दा यो वा त्योमा केही फरक छैन । जनताको सरकार नआइकन कुनै पनि समस्या हल हुँदैनन् । तर ठ्याक्कै अहिलेकै सन्दर्भमा हेर्दा ओली राष्ट्रबादी देखिने र एमाओवादी नेतृत्व राष्ट्रबिरोधी देखिने बडो बिचित्रको सिन देखिएको छ । यस्तो विचित्रको ‘सिन’ देखावटी मात्रै कि, साँच्चीकै होला त ? त्यो त भबिष्यले पुष्टि गर्ला । ओलीको हिजोको इतिहास हेर्दा त राष्ट्रवादी होइनन् भन्ने कुरा प्रष्ट नै छ । तर अहिले परिस्थितिले उनलाई त्यस्तो बनायो । त्यस्तो बनाएन भन्ने कुरा पनि आएन । अब यतापटि हेर्दा, एमाओबादी नेतृत्वको साइज अब खस्कदै खस्कदै जाने होला भन्ने जस्तो स्थिति देखिन्छ ।
हामीले त्यही थोत्रा राइफल लिएर लड्नुपर्छ भन्ने छ ? हामीले न्यूक्लीयर हतियारहरु, अरु नयाँ नयाँ आधुनिक हतियारहरुबाट लड्न सक्दैनौं ? एकठाउँमा क्लिक गरेर साम्राज्यवादीहरुले ध्वस्त पार्न सक्छन् भने हामीले पनि त सक्छौं नि एक ठाउँमा बसेर ।अन्ततः यसले धान्दैन । उत्पादन प्रणाली नीजिमा छ, वितरण प्रणाली पनि त्यहीअनुसार लैजानुपर्यो । मान्छेले विज्ञान र प्रविधिको असाध्यै विकास भयो भन्छन् । त्यो राम्रो हो तर विज्ञान र प्रविधिको प्रयोग साम्राज्यवादले गरेको छ । सर्वहारावर्गले त्यसको उपयोग गर्न सक्नुपर्ने भयो । अहिले राम्रो भएको छ, विश्वका मान्छेहरु धेरै पढेलेखेका छन् । अवको क्रान्ति हिजोको जस्तै तरिकाले हुँदैन । अबका वार त साइवर वार हुन्छ । साइवर वार नगर्नु भन्ने छ ? हामीले त्यही थोत्रा राइफल लिएर लड्नुपर्छ भन्ने छ ? हामीले न्यूक्लीयर हतियारहरु, अरु नयाँ नयाँ आधुनिक हतियारहरुबाट लड्न सक्दैनौं ? एकठाउँमा क्लिक गरेर साम्राज्यवादीहरुले ध्वस्त पार्न सक्छन् भने हामीले पनि त सक्छौं नि एक ठाउँमा बसेर । छापामार युद्धका नयाँ टेक्निक र नयाँ तरिकाहरु आए । प्रविधिका विकासले फाइदा नै भएको छ । अव पछाडि फर्कने होइन, अगाडि बढ्नुपर्छ । अचाक्ली टिक्दैन । कृषि प्रधान भनेर आएको देशमा अरु केही नभएपनि जडिबुट्टी, बनजंगल, जमीनका कुराहरु आउला । यसलाई फलाउने फुलाउने इत्यादि गर्ने भन्दा यहाँ केही पनि गर्न नदिने, श्रम पनि लैजाने, अनुदान पनि नदिने, पूँजी पनि लैजाने अनि उनीहरुको नवउदारवादी शर्त मानेर हामीले ऋण खाएर आउनुपर्ने ? यो स्थिति सधैं टिक्दैन । अहिले ग्रीसको उदाहरण हेरौं, ग्रीस पूँजीबादी क्रान्तिबाट समृद्ध भएको देश हो । त्यहाँ भित्र पनि यस्तो स्थिति आइहाल्यो । जहाँसुकै त्यस्तै स्थिति छ । यो अन्तरविरोधको हल गर्ने तरिका अव अलि नयाँ हुन्छ । लडाईं भयो भने पनि अलि नयाँ तरिकाको लडाईं हुन्छ । त्यसकारणले पनि विचार बढाउनु पर्ने हुन्छ । यिनै मुलुकहरु भित्र पनि कन्ट्राडिक्सन छन्, उनीहरु पनि सकिरहेका छैनन् । त्यसकारणले यो अन्तरविरोधलाई ठिक ढंगले पहिचान गर्न सक्यौं र त्यो अनुसार पार्टी सोलिड हुनुपर्छ छ । सोलिड र क्रान्तिकारी हुन सकियो भने क्रान्ति पूरा हुन्छ । समय लाग्छ तर भविष्य उज्वल छ ।
प्रतिकृया लेख्नुहोस्: