Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

एनसेलको सहयोगमा डायलाईसिस सेन्टरको निमार्ण सम्पन्न

\"Ncell_hospitalकाठमाडौं, १४ साउन । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ् हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ । मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानु दिन बढि रहेको अवस्थामा सर्वसाधारणलाई मृगौला सम्बन्धि रोगको उपचार देश भित्रै सहज बनाउन योगदान पुर्याउने उदेश्य लिई एनसेलले सन् २०१४ मा देशको अग्रणी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ । “यो सेन्टरको संचालनले मृृगौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राट्रिष्य नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए । “यसकोे संचालनबाट थप बिरामीहरुलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्नका लागि हामीले नयाँ डायलाईसिस मशिनहरु जडान गर्नु पर्नेछ ।” हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मशिनहरु जडान गर्ने क्रममा रहेको छ । \"Ncell_hospital एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको थियो । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पुर्वाधार र डायलाईसिस मशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जहान गरिएको छ । मृगौला सम्बन्धि रोग एक प्रमुख समस्याका रुपमा देखा परेको छ । आंकडा अनुसार देशको कुल जनसंख्याको झण्डै ९ देखि १० प्रतिशत मानिसहरु मृगौला सम्बन्धि रोगबाट ग्रसित छन् र ती मध्ये ९० प्रतिशतको दुवै मृगौलाले काम नगर्ने रोगबाट पीडित छन् । परिणाम स्वरुप मृगौला डायलाईसिस सेवाको माग एकदमै बढिरहेको छ । सरकारले पनि बिरामीलाई डायलाईसिस सेवा निःशुल्क उपलब्ध गराउने नीति अबलम्बन गर्दै आएको छ । “मृगौला सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्नका निमित्त आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी एकदमै हर्षित छौ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । “हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीहरुलाई अति आवश्यक मृगौला उपचार सम्बन्धि सेवा प्रदान गर्नमा मद्दत गर्ने छ ।” एनसेलले आफ्नो व्ययसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ् हस्पिटललाई यो सहयोग प्रदान गरेको थियो । उक्त कार्यक्रम अन्र्तगत, कम्पनीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरिय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसियु) स्थापना गर्न सहयोग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies