प्रचण्डविना न त उनी प्रधानमन्त्रीको कुर्चीमा विराजमान हुन्थे न त देशभक्त देखिन नै ।भूकम्पले थिलथिलो भएको राज्यमा नाकाबन्दी थोपरेर छिमेकीले जुन कुकृत्य ग¥यो, त्यो रवैयाविरुद्ध खुट्टा नकमाउँदा ओलीलाई सबैले वाहवाही गरेकै हुन् भलै त्यसको पर्दा पछाडि सबैभन्दा ओलीको ढाल बन्ने मान्छे प्रचण्ड थिए । त्यत्रो सास्ती झेलेर पनि अर्थात् खोक्रो पेट र चिसो चुलो हुँदा समेत सरकारविरुद्ध गालीका पर्रा छुटेनन् बरु तालीले स्वागत गरेकै हुन् र ओलीलाई राष्ट्रवादी कित्तामा जबर्जस्त घिसारेकै हुन् । तर ‘जसको जौ खानु उसैको जुगा मुड्नु’ भनेझैं उनले माओवादीलाई जब काखमा राखेर छुरा हान्ने साजिस गरे, अवश्यमेव सैह्य भएन यो हर्कत माओवादीलाई र सुपाच्य पनि । अनगिन्ती विकासे सपना बेच्ने ओली के पदमा रहिरहेका भए ती काम गर्थे त ? पानीजहाज चलाउन उनको सरकारले कति रकम विनियोजन ग¥यो ? ग्याँसका पाइप जोड्न कति बजेट छुट्यायो ? हावाबाट बिजुली निकाल्न के के पूर्वाधार तयार गरे ? मेट्रो रेल कुदाउन कहाँकहाँ सम्भाव्यता अध्ययन गर्न अह्राए ? २०–५० करोडले नेपाल भरिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा चक्रपथ तयार हुन्छन् ? नारायणकाजीदेखि कृष्ण सिटौला र रामचन्द्र पौडेल सम्मलाई प्रधानमन्त्रीको पद बाँड्नका निम्ति यिनले पार्टीभित्र ककसको अनुमति लिए ? के प्रधानमन्त्री पद यिनको बपौती हो ? संसद विघटनसम्मको ध्वाँस दिँदा र साम, दाम, दण्ड, भेद कुनै कामयावी नभएर राजीनामा दिँदा पनि किन विवादास्पद बाधा–अड्काउन फुकाउ अधिकार प्रयोग गर्न उक्साए राष्ट्रपतिलाई ? जगजाहेर छ, कालाकोटधारीदेखि स्वतन्त्र नेपालीका नाममा आफ्ना आउरेबाउरेलाई उफार्दा समेत कुनै लछारपाटो लगाउन नसकेको कारण उनी विक्षिप्त बनेका हुन् । ‘एक दामको ल्वाङका निम्ति दश दामको स्वाङ’ पार्ने ओली नेपाली राजनीतिमा पश्चगमनका पुजारी हुन् भनेर नचिन्ने छ नै को र ? सायद प्रचण्डलाई उतिबेला लाग्यो होला ‘गधा धोएर गाई पो बनाउन सकिन्छ कि ?’ जेहोस्, अब एउटा परिघटनाको पटाक्षेप भइ नै सकेको छ ।
नाकाबन्दी थोपरेर छिमेकीले जुन कुकृत्य ग¥यो, त्यो रवैयाविरुद्ध खुट्टा नकमाउँदा ओलीलाई सबैले वाहवाही गरेकै हुन् भलै त्यसको पर्दा पछाडि सबैभन्दा ओलीको ढाल बन्ने मान्छे प्रचण्ड थिए ।अबको बाटो भनेको फेरि पनि तरल राजनीतिलाई प्रष्ट दिशाबोध दिने नै हो । अवको सरकार सस्ता सपना सौदा गर्ने निकम्मा होइन, जे बोल्छ त्यो गर्छ र जति सक्छ त्यति गर्छ भन्ने भाव जगाउने हुनु जरुरी छ । कुरा होइन, काम गर्ने बन्नु आवश्यक छ । सस्तो वाहवाहीको इनामका निम्ति इमान बेच्ने निर्लज्ज सरकार बन्नु हुन्न अब । ईख पाल्ने होइन, इच्छाशक्ति भएको सरकारले नै धुमिल राजनीतिलाई सङ्ल्याउन सक्छ । सञ्चारमाध्यममा सार्वजनिक भएका अप्रिय खबरहरु, जो दक्षिण छिमेकीसँग जोडिएका छन्, लाई कामबाटै गलत भएको पुष्टि गर्न सके भने प्रचण्डको साख उचो रहने छ र कद बढ्नेछ अन्यथा उनको हालत पनि ओलीको भन्दा पृथक हुने छैन । अलिक भावुक भइदिँदा ठाउँ ठाउँ चिप्लिएको र अडानमा हलचल आएका कुरालाई आत्मसात नगरी प्रचण्डले यात्रा तय गरे भने यो राष्ट्रको स्वाभिमान मात्र सिद्धिने छैन, कम्युनिष्ट आन्दोलन नै विघटनको डिलमा पुग्नेछ ।
‘एक दामको ल्वाङका निम्ति दश दामको स्वाङ’ पार्ने ओली नेपाली राजनीतिमा पश्चगमनका पुजारी हुन् भनेर नचिन्ने छ नै को र ?एउटा छिमेकीसँग लम्पसार पर्ने र अर्कोलाई दुत्कार्ने ओली नीति कति घातक छ भनेर सिद्ध भइसकेको वर्तमान घडीमा समदूरीको सम्बन्ध थालनी गर्नु प्रचण्डको एउटा गहन जिम्मेवारी हो । भूकम्प पीडितलाई उनले पनि सपना देखाएका छन् र संविधान कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । अब जनजनले हेर्ने छन्, आफ्ना वचनमा कति अडिने हुन् प्रचण्ड । उनलाई लाग्ने गरेका लाञ्छनाको प्रस्टीकरण कामले दिने बेला आएको छ उनले । ओलीको बहिर्गमन र प्रचण्डको पुनरागमनमा दिल्लीको हात देख्नेहरुको विगविगी छ यतिबेला । यो तर्कलाई कुतर्क हो भनेर पुष्टि गर्नु पनि प्रचण्डको जिम्मेवारी हो । प्रचण्ड वास्तवमै राजनेता बन्ने वा अस्थिर प्रधानमन्त्री यसको छिनोफानो उनले चालेका र आगामी दिनमा चाल्ने कदमले गर्ने नै छन् ।
प्रतिकृया लेख्नुहोस्: