Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

म्याग्दी सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार

\"magdi-400\"म्याग्दी, १८ साउन । सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ । बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ । वर्षाका कारण झरेको पहिराले विभिन्न स्थानमा पाइप फुटेपछि सो क्षेत्रमा खानेपानी वितरण ठप्प बनेपछि उपभोक्ता समस्यामा परेका छन् । खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकामवासीको दैनिकी नै कष्टकर बनेको छ । पुम्दीखोलाको मुहानदेखि केही तल चार ठाउँमा पाइप भाँचिएको तथा चमेरे र राहुपारेमा पाइप बगाइदिएको छ । बेनीदेखि गलेश्वरका बीचमा दुई स्थानमा पाइप फुटेको छ । दूधेखोलामा भकिम्ली–९ तोराखेतबाट झरेको पहिराले पाइपमा क्षति पु¥याएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए । उनले पहिराले दर्जन बढी स्थानमा पाइपमा क्षति पु¥याएपछि समितिले मर्मतको काम गरिरहे पनि पहिराका कारण मर्मतसम्भारमा कठिनाइ भएको बताए । दुवै मुहानबाट ल्याइएको पानी बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा निर्माण गरिएको ट्यांकीमा जम्मा गरी वितरण हुँदै आएको थियो । उपभोक्ता समितिका प्रबन्धक चन्द्रबहादुर थापाले पहिराले पाइप लाइन बिगारेका ठाउँमा पोलिथिन पाइप जडान गरेर भए पनि खानेपानी आपूर्ति सहज गराउन लागिएको जानकारी दिए । यसैबीच खानेपानी आपूर्ति बन्द भएर सर्वसाधारण समस्यामा परेपछि केही निजी मुहानबाट खानेपानी जडान गरेका स्थानीयवासीले सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराएका छन् । गणेशटोलमा रहेको होटल शिखर, शान्तिटोलमा मिलन श्रेष्ठ लगायतले व्यक्तिगत रुपमा घरमा जडान गरेको खानेपानी २४सै घन्टा सर्वसाधारणका लागि खुला गरी वितरण गर्न थालेपछि सर्वसाधारणले केही राहतको महसुस गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE