Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रियो ओलम्पिक आजदेखि, नेपालका ७ खेलाडी सहभागी

\"rio-2016\" काठमाडौं, २१ साउन । ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा शुक्रबारबाट सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो ओलम्पिकमा बढी २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले ३१ खेलका ३ सय ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । १० हजार ५ सय खेलाडीमध्ये नेपालका ७ खेलाडीको सहभागिता रहनेछ । नेपालकी पौडी खेलाडी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी मानिएकी छन् । यसपटक नेपालबाट पौडीका शिरिष गुरुङ र गौरीका सिंह, एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपुहामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । यी ७ खेलाडीमध्ये आर्चरीका मोक्तानले शुक्रबार नै प्रतिस्पर्धा गर्दैछन् । आर्चरी अर्थात धनुषवाणको व्यक्तिगत रकिर्भ विधामा प्रतिस्पर्धा गर्दैछन् । मोक्तान दुईदिन अघि पुगिसकेका छन् । अन्य नेपाली खेलाडीमध्ये पौडीकी गौरिका सिंहले सय मिटर ब्याकस्ट्रोक, शिरिष गुरुङले सय मिटर फ्रिस्टाईल, एथ्लेटिक्सका हरी रिमालले ५ हजार मिटर, सरस्वती भट्टराईले १५ सय मिटर, जुडोकी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनी तथा तेक्वान्दोकी निशा रावलले महिला ६७ केजी मुनी प्रतिस्पर्धा गर्दैैछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको झण्डा बोकेर शरणार्थीहरुको एक टोलीले पनि ओलम्पिकमा सहभागिता जनाउँदैछ । शरणार्थी टोलीमा दक्षिण सुडानका ५ तथा सिरियाका दुई र कंगोका दुई र इथियोपियाका एक शरणार्थी खेलमा सहभागी हुँदैछन् । दक्षिण सुडान र कोसोभो पहिलो पटक सहभागि हुँदैछन् । रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ५ सय ५४ खेलाडी ब्राजिल पठाउँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending