Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

१४ अवैध विद्यालय, जहाँ भारतीय राष्ट्रगान गाउँनुपर्छ

काठमाडौं । शिक्षा मन्त्रालयले विदेशी विद्यालय सञ्चालन सम्बन्धी निर्देशिकाको तयारी गरेपनि लागू गर्न तत्परता नदेखाउनाले मुलुकभर १४ विद्यालय भारतीय सम्बन्धनमा नेपालमा दर्ता नै नगरी ३० बर्षदेखि निर्वाध रुपमा सञ्चालन रहेका छन् ।
विना दर्ता सञ्चालनमा रहेका यस्ता विद्यालयहरुलाई शिक्षा विभाग र राष्ट्रिय सतकर्ता केन्द्रले सम्पूर्ण अध्ययनगरी शिक्षा मन्त्रालयमा कारवाहीको सिफारिस पठाएको पनि झण्डै एक बर्ष हुँदा समेत ती विद्यालयहरुलाई कारवाही हुन सकेको छैन
नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने यस्ता विद्यालय अधिकांश भारतीय सम्बन्धनका हुन् । भारतले नेपालको विभिन्न क्षेत्रमा माइक्रो म्यानेज्मेन्ट गर्ने गरेको भन्ने आरोप लागि रहँदा भारतीय सम्बन्धनका ती विद्यालयलाई नेपालको शिक्षा मन्त्रालयले दर्ता गराउन पहल गरेपनि सफल हुन सकेको छैन । कूटनीतिक नियोगका कर्मचारीका छोराछोरी अध्ययनका लागि एउटा मात्र विद्यालय वैधानिक रुपमा खोल्न पाउने व्यवस्था भएपनि भारतीय दुतावासको दबाबमा मुलुकका विभिन्न ठाउँमा १४ विद्यालय सञ्चालन भईरहेका छन् । ती १४ विद्यालयमा कक्षा सुरु हुनुभन्दा अघि विद्यार्थीहरुलाई भारतीय राष्ट्रगान गाउँन लगाईन्छ । साथै, दिनभर भारतीय विभिन्न बोर्ड अन्तर्गतको पाठ्यक्रम विद्यार्थीहरुलाई पढउने गरिन्छ । सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सिविएसई), इन्डियन सर्टिर्फिकेट अफ सेकेन्डरी एजुकेशन (आईसीएसई) र इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट सम्बन्धन लिई यस्ता विद्यालयहरु सञ्चालनमा रहेका छन् । भारतीय दुतावासको आडमा सञ्चालन हुने यस्ता विद्यालयहरुमा पाठ्यक्रम तथा शैक्षिक क्यालेण्डर पनि भारतको सीबीएससी बोर्डको नै प्रयोग हुने गरेको छ । मुलुकभर सञ्चालनमा रहेका यस्ता विद्यालयहरुमा नेपालका विद्यार्थीहरुको पनि सहभागिता रहने गरेको छ । विना दर्ता सञ्चालनमा रहेका यस्ता विद्यालयहरुलाई शिक्षा विभाग र राष्ट्रिय सतकर्ता केन्द्रले सम्पूर्ण अध्ययनगरी शिक्षा मन्त्रालयमा कारवाहीको सिफारिस पठाएको पनि झण्डै एक बर्ष हुँदा समेत ती विद्यालयहरुलाई कारवाही हुन सकेको छैन । न त ती विद्यालयहरुलाई दर्ता गर्ने कुनै योजना नै शिक्षा मन्त्रालयले बनाउँन सकेको छ । शिक्षा मन्त्रालयका सहसचिव डा. हरी लम्सालका अनुसार त्यस्ता विद्यालयहरु बन्द गराउने अथवा कारवाही गर्न सक्ने अधिकार मन्त्रालयमा छैन् । ‘यस्ता कैयौं विषयहरु दुई मुलुकको कूटनीतिक सम्बन्धसँग गाँसिएका हुन्छन्, त्यसैले हामीले कारवाही गर्न सक्ने अधिकार राख्दैनौं साथै यी विद्यालयहरु पहिले देखि नै सञ्चालमा रहेकाले दर्ता गर्न निर्देशिका समेतको आवश्यकता हुदैन् ।’– लम्सालले खबरडबलीलाई भने । निर्देशिकाले पुराना विद्यालयको लागि कुनै नयाँ व्यवस्था गरेमा मात्र निर्देशिका आवश्यक हुने लम्सालले बताए । आउने निर्देशिकाले विशेष गरेर आगामी दिनमा खुल्ने नयाँ विद्यालयका लागि महत्व राख्ने उनले बताए । तर के यस विषयमा राज्यले धारणा बनाउनु पर्दैन भन्ने प्रश्नमा उनले भने– ‘राज्यले यस विषयमा सोच्दै छ ।’ तर शिक्षा क्षेत्रका जानकारहरुका अनुसार यस्ता विद्यालयहरुलाई कारवाही गर्नु अथवा नियममा बाध्नुको सट्टा यिनको पठनपाठनलाई राज्यबाट कुनै पनि हस्तक्षेप नगर्न बारम्बार मन्त्रालयमा दबाब आउने गरेको छ । हाल सञ्चालमा रहेका विद्यालयले वैधानिक रुपमा सञ्चालन गर्न पाउने पर्ने दबाब दिँदै आइ रहेको मन्त्रालय स्रोत बताँउछ । सञ्चालन भई रहेका विद्यालयहरुमा ७ उपत्यकाभित्र र ७ उपत्यका बाहिर रहेका छन् । उपत्यकामा सञ्चालनमा रहेका स्कूलहरुमा डीएभी सुशील केडिया विश्वभारति धोविघाट, चाँदबाग स्कुल बासबारी, राई स्कुल जोरपाटी, आलोक विद्याश्रम माध्यमिक विद्यालय गौशाला, रुपीज इन्टरनेश्नल स्कुल बाफल, मोर्डन इन्डियन स्कुल चोभार र केन्द्रिय विद्यालय काठमाडौंगरी ७ विद्यालय सञ्चालनमा रहेका छन् । उपत्यका बाहिर सञ्चालनमा रहेका विद्यालयहरुमा दिल्ली पब्लिक स्कुल घोपा धरान, दिल्ली पब्लिक स्कुल विराटनगर, दिल्ली पब्लिक स्कुल वीरगञ्ज, डीएभी रुक्मिनी बनारसी केडिया स्कुल वीरगञ्ज, नेपाल भारत मैत्री विद्यालय पोखरा रहेका छन् । त्यसैगरी, दामोदर एकेडेमी महोत्तरी र डेडराज सिवाली देवी डिएभि केडिया विश्वभारती विराटनगरगरी ७ विद्यालय रहेका छन् । केही विद्यालयले नेपाल र भारतबाट सम्बन्धन लिई सञ्चालन गरेका छन् । नेपालमा सञ्चालनमा रहेका यस्ता विद्यालयहरुमा जिल्ला शिक्षा कार्यालयले पनि अनुगमन तथा निरीक्षण गर्न नपाउने काठमाडौं जिल्ला शिक्षा अधिकारी डा. वालकृष्ण रञ्जितले खबर डबलीलाई बताए । ‘हामीले यस्ता विद्यालयहरुमा निरिक्षण गर्ने त कुरा छोड्नुस हामीले पाइला पनि टेक्न पाउँदैनौं ।’ उनले भने । जिशिअ रञ्जितले यस्ता विद्यालयमा नेपाली पाठ्यक्रम अध्यापन नहुने प्रष्ट्याए । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार पाठ्यक्रम भारतीय भएपनि शैक्षिक कार्यतालिका भने नेपालको अनुरुप हुने गरेको बताए । भण्डारीको भनाईमा असहमति प्रकट गर्दै जिशिअ रञ्जित भन्छन्, ‘यस्ता कुनै पनि विद्यालयहरुमा नेपाली पाठ्यक्रम र कार्यतालिका लागू हुने गर्दैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy