Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

किन दिए योजना आयोगका उपाध्यक्ष डा. खतिवडाले राजीनामा ?

\"Ubrajकाठमाडौँ, २४ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले सोमबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।

प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले जानकारी दिए ।

“प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्गप्रशस्त गरेको हुँ । अरु सदस्यले के गर्नुभयो, मलाई थाहा भएन”, डा खतिवडाले भने ।

नौ महिनाको आफ्नो कार्यकालमा १४औ योजनाको आधारपत्र तयार पारिएको र सो आधारपत्र संविधान कार्यान्वयनमा नै केन्द्रित रहने उल्लेख गर्दै उनले सुरुआतका समयमा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव कम गर्न केन्द्रित रहेको बताए ।

यस्तै दीर्घकालीन विकासको आधार तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरिएको तथा सन् २०३० सम्मको विद्युत्को मागको प्रक्षेपण एवम् आयोगको आन्तरिक सुधारका काममा विशेष ध्यान दिइएको जानकारी दिँदै उनले भने, “सन् २०३० सम्मको विकासको मार्गचित्र तयार भएको छ । त्यसले हाम्रो विकास कतातर्फ परिलक्षित हुन्छ भन्ने निर्धारण गर्दछ ।”

यस्तै राष्ट्रिय गौरवका आयोजना एवम् ठूला पूर्वाधारको काम अगाडि बढाउन तथा सार्वजनिक, निजी र सहकारीबीचको साझेदारी एवम् त्यसको आधारपत्र निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले आगामी दिनमा आउने उपाध्यक्षलाई काम गर्न सहज हुने उनको भनाइ छ । यस्तै सुरक्षा मुद्रण प्रणाली स्थापना गर्ने काम पनि अगाडि बढेकाले त्यसले मुलुकलाई फाइदा गर्ने डा खतिवडाको भनाइ छ ।

बजेट आउँदा समेत योजना नआउने प्रवृत्तिलाई हटाएर पहिला योजना र त्यसपछि बजेट आउने सुल्टो अवधारणालाई संस्थागत गरी क्षमता अभिवृद्धि एवम् विकास प्रक्रियाको मोटो खाका समेत बनाइएको उनले उल्लेख गरे । आयोगमा नेकपा माओवादी केन्द्रका तर्फबाट नियुक्त सदस्यबाहेक अन्य सदस्यले पनि राजीनामा दिएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies