Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पूँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनको कारण होइन : अर्थमन्त्री महरा

\"krishna-baharud-mahara1\"काठमाडौँ, २५ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको बताएका छन् । अर्थ मन्त्रालयमा मगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएकोले लगानीकर्ता आत्तिनु नपर्ने बताएका हुन । मन्त्री महराले पुँजीबजारका लगानीकर्तालार्ई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउँदै भने “सरकार र अर्थ मन्त्रालय निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर काम गर्न चाहन्छ, यसमा कुनै आशङ्का गर्नुपर्दैन ।” उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर नै पुँजी विकास गर्न सरकार प्रतिबद्ध स्पष्ट पारे । उनले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन । अर्थमन्त्री महाराले भने, “राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।” संसद्ले विनीयोजन विधेक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पष्ट गर्दै उहाँले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए । अर्थमन्त्री महराले भने , “व्यवस्थापिका–संसद्को यही सेसनबाट बाँकी विधेयक पारित हुन्छ ।” पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावका विषयमा उनले भने, “नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन ।” अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग आजै छलफल गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending