Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाली किसानको कमाल, माटो विना नै फल्यो काँक्रो

बनेपा,२९ साउन । तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् ।

\"Cucumber\"जिल्लाको उग्रचण्डीनाला गाविस-१ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिरौंला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ।

माटोमा फलाएको जस्तो ठूलो आकारको नहुने काँक्रोको उत्पादन गमलामा जैविक मल र नरिवलको जटाबाट निर्माण गरिएको ‘कोकोपिट’ को मिश्रणबाट भएको फार्मका सञ्चालक सिंहबहादुर कर्माचार्यले बताए।

यसको तौल बढीमा आधा किलो हुन्छ। उनले कृषिमा अत्याधुनिक प्रविधिमार्फत इजरायलबाट ल्याएको प्रविधि परीक्षणको रुपमा उत्पादन भएको उल्लेख गर्दै त्यसका लागि राष्ट्रिय कृषि अनुसन्धान विकास कोष (नाडेफ)ले रु ३० लाख अनुदान सहयोग गरेको जानकारी दिए। फार्मको ६५० गमलामा ‘इङलिस कुकम्बर’ जातको काँक्रा रोपिएको छ ।

प्लास्टिक गमलामा २५ प्रतिशत जैविक मल र ७५ प्रतिशत नरिवलको जटाबाट निर्माण गरिएको (कोकोपिट) को मिश्रणमा काँक्रो रोपेका थिए, उनले भने । फार्म सञ्चालक सिंहले यो प्रविधि नेपालमा सफल भएको बताउँदै हावा चल्ने जुनसुकै ठाँउमा हुनसक्ने जानकारी दिए।

करिब दुई रोपनी क्षेत्रफलमा टनेलभित्र भएको काँक्राको उत्पादन झन्डै ६ महिनाको अवधिमा दोस्रो पटक हो । रोपेको ३५ दिनमा खानयोग्य हुने काँक्रोमा कुनै विषादी प्रयोग भएको छैन सञ्चालक सिंहले भने।

उनले यसलाई बजारको माग अनुसार अझै विस्तार गर्ने लक्ष्य भएको जानकारी दिँदै अर्गानिक उत्पादनका बारेमा उपभोक्ता नै सचेत नभएकाले बजारमा समस्या आएको गुनासो गरे । यो काँक्रो अहिले प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

काठमाडौँको माछापोखरीमा ‘सलोम’ एग्रिकल्चर प्रालि सञ्चालन गरेका श्रीकृष्ण अधिकारीले नेपालमा पहिलो पटक माटो बिना काँक्रा उत्पादन गर्ने इजरायली प्रविधि भित्र्याएको जानकारी दिँदै काठमाडौँमा अधिकांशले कौसीमा यस्तो खेती गरेको बताए।

नौ वर्षसम्म इजरायलको गमला फार्मिङमा काम गरेर अनुभव सङ्गालेका अधिकारीले विश्वका धेरै देशमा माटो बिना नै खेती भएको औल्याउँदै सुरुमा लगानी बढी हुनसक्छ तर यसले दिगो लाभ दिन्छ भने।

माटो एउटा माध्यम हो, खाद्य तत्व बिरुवालाई पुगेपछि पानीमा पनि कृषि उत्पादन हुनसक्छ उनले तर्क गरे । अधिकारीले यस्तो प्रविधिको खेती नेपालमा तीन वर्षअघि सुरु भएको उल्लेख गर्दै काठमाडौँ बाहेक पोखरा, पाँचथर र लमजुङमा समेत यस्तो प्रविधिको खेती भइरहेको जानकारी दिए।

माटो खुकुलो हुन्छ, झारपात उम्रने समस्या हुदैन एक पटक प्रयोग गरेको कोकोपिट चार वर्षसम्म पुनप्रयोग गर्न सकिन्छ उनको भनाइ छ । एउटा बिरुवाका लागि कम्तीमा १०० रुपैयाँ लगानी हुन्छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy