Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बाबुराम भन्छन्– डेरा खोज्दा अपमानित भएँ, ट्वीटेले दिए यस्ता सुझाव

\"Baburam-Bhattarai\"

काठमाडौं, २९ साउन । नेपालको पूर्वप्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताले काठमाडौंमा उपत्यकामा डेरा नपाएको भनेर पत्याउनु हुन्छ ? त्यतिमात्रै होइन, डेरा खोज्दा घर धनिहरुबाट अपमानित भएको पत्याउनु हुन्छ ? पत्याउनै पर्छ किनकी ति पूर्वप्रधानमन्त्री स्वयमले मैले डेरा पाएको छैन, डेरा खोज्दा अपमानित भएँ भनेर आफै भनेपछि पत्याउनै पर्यो नि हैन र ?

कुरा के हो भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हाल बस्दै आएको सानेपास्थित निवासबाट डेरा सर्न खोज्दै छन् । तर, उनले भनेजस्तो डेरा पाएका छैनन् । डेरा खोज्दा खोज्दा हैरान भएपछि उनले ट्वीटरमार्फत् आफूले पाएको सास्ती सार्बजनिक गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘काठमाण्डौमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नुपरेको सास्ती र अपमान देख्दा गम्दैछु विद्यार्थी, मजदूर, निम्न कर्मचारी र झन् दलितको के हालत होला ?’

काठमाण्डौमा केही हप्तादेखि डेरा खोज्दा वेहोर्नुपरेको सास्ती/अपमान देख्दा गम्दैछु विद्यार्थी/मजदूर/निम्न कर्मचारी र झन् दलितको के हालत होला?

— Baburam Bhattarai (@brb1954) August 13, 2016

लामो समयसम्म माओवादीमा लागेर जीबनको उत्तरार्धतिर पार्टी परित्याग गरेर हालै नयाँ शक्ति नेपाल नामक पार्टी खोलेपछि डा. भट्टराईको राजनीतिक उचाइ घटेको कतिपयले आंकलन गरेका छन् । तर, उनले यसैका कारण डेरा नपाएको भनेर निष्कर्ष निकाल्न भने हतार हुनेछ । किनकी पूर्वप्रधानमन्त्री बनिसकेका डा. भट्टराईलाई जस्तो तस्तो डेराले पनि त भएन नि होइन र ? सुविधा, सुरक्षा लगायत सबै कुराको ख्याल पनि त गर्नुपर्यो । फेरि उनी अलि सुविधाभोगी पनि छन् । यी सबै कुरा बिचार गरेर उपयुक्त डेराको खोजीमा छन् उनी र उनका सहयोगीहरु । \"Baburam-Tweet\" उनको ट्वीटरबाट स्पष्ट के बुझ्न सकिन्छ भने म दलित, निम्न कर्मचारी, मजदुर र विद्यार्थी भन्दा त बरिष्ठ हुँ । उनले आफू र अन्यबीचको असमानताको रेखा आफै कोरेका छन् । त्यसैले पूर्वप्रधानमन्त्री र एउटा राजनीतिक दलको शीर्ष नेतालाई लरतरो नसम्झेर सम्मानका साथ डेरा दिनुपर्दथ्यो । तर, नपाएपछि सामाजिक सञ्जालमा कुण्ठा पोख्नु बाहेक अरु विकल्प देखेनन् सायद उनले । बाबुराम जत्तिको वरिष्ठले डेरा नपाउनुको कारणबारे अनेकौं अड्कलबाजी भइरहेको छ । उनको ट्वीटरमा बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । दुलाल जी ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘अर्काको घरमा डोजर लगाएपछि यस्तै हो ।’ दुलाल जीको भनाइसँग मिल्दोजुल्दो प्रतिक्रिया पत्रकार मुक्तिबाबु रेग्मीले पनि लेखेका छन् आफ्नो फेसबुकमा । रेग्मीको फेसबुक स्टाटस यस्तो छ, ‘ट्वीटरमा हेरेको नयाँ पार्टीका संयोजक सानेपाबाट डेरा सर्न खोजेका रहिछन् हैन काठमाडौका घरबेटी हो किन भट्टराईलाई भाडा नदिएका होलान, के बाटो चौडा पारेको रिस बाँकी छ र हो ।’ डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाका साँघुरा सडक फराकिलो पारिएको थियो । त्यतिमात्रै होइन, वागमती नदी किनारका सुकुम्बासी बस्तीमा पनि डोजर लगाए बाबुरामले । उनका यी कामबाट उठिबास लाग्नेहरु रिसाउने नै भए । सायद त्यसैले हो कि बाबुरामको ट्वीटरमा हे भगवान भन्ने ह्याडलबाट चोटिलो प्रतिक्रिया पोष्ट भएको छ । त्यसमा लेखिएको छ, ‘आतंककारिलार्इ कसले कोठा देओस् ? जनताले हजुरलार्इ पत्याउदैनन् के । खुरुक्क कार्यकर्ताको घरमा बस्नु सजिलो हुन्छ ।’ अशान्त आत्माको ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘आफ्नै घरमा बस्दा नि हुन्छ नि, किन डेरामा बस्नु पुर्वप्रम ज्यु ? कति शोषित जनताको नाउमा राजनिती गर्छौ ? यस्तै आवारा ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘हजुरलार्इ नचिन्ने को होला र काका ? आनन्दले बाँच्ने रहर कसलाई नहुँदो हो। जानीजानि सर्प पाल्न ईच्छुक कुन मूर्ख बस्याहोला राजधानीमा । युरावज अधिकारीले लेखेका छन्, ‘तपाईंप्रतिको जनताको बितृष्णा बढ्दै गाको हो भनी बुझ्नुपर्यो डा. साब, हिजोका युद्धकालिन इतिहासले लखेट्न छोड्दैन।’

@brb1954 तपाईंप्रतिको जनताको बितृष्णा बढ्दै गाको हो भनी बुझ्नुपर्यो डा.साब? हिजोका युद्धकालिन इतिहासले लखेट्न छोड्दैन। @NEPALPOLiCY2016 — यु रा व ज अ धि का री (@adhikari_you) August 13, 2016

सन्तोष बरालले बाबुरामलाई घर बनाउन सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘घर बनाउनु सर, काठमाडौंमा सबै नेताको घर छ । किन नेपालीलाई भ्रमित गर्नु परो।’

विष्णुले लेखेका छन्, ‘आउ बुढा छाउनि तिर, एक्लै बस्या छु। रुम सेयर गरेर बसुम्ला ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending