Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

भोली उपप्रधानमन्त्री निधि भारत भ्रमणमा जाँदै , के लाँदैछन् सन्देश ?

\"Bimalendra-Nidhi\"काठमाडौं, १ भदौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधि भोलिदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको विशेष दुतको रुपमा भोलिदेखि भारत भ्रमणमा जान लागेका निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ,भारतका उच्च पदस्थ राजनैतिक नेतृत्व र सरकारी अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाट संभवत शुक्रबार हुने स्रोतले बताएको छ । यस बाहेक निधीले भारतीय विदेशमन्त्री सुस्मा स्वाराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सरकारको तर्फबाट उपप्रधानमन्त्री निधिको भारत प्रमणको पहिलो उदेश्य भनेको नयाँ सरकार भारतसँग राम्रो सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश दिनु नै हो । उनले अघिल्लो सरकारले भारतसँग असन्तुलित सम्बन्ध राखेको र त्यसलाई नयाँ सरकारले ट्रयाकमा ल्याउने बताउँदै आएका थिए । चीन र भारत दुवै देशसँग नयाँ सरकारले समदुरीको सम्बन्ध राख्न चाहेको र भारतसँग कुनै पनि सम्बन्ध विगार्ने पक्षमा आफुहरु नरहेको कुरामा भारतीय अधिकारीहरुलाई अश्वस्त तुल्याउने निधीको भ्रमणको मुख्य उदेश्य हुने स्रोतले बतायो । दोस्रो सन्देश भनेको लामो समय देखि मधेसमा आन्दोलनरत मधेसवादी दलहरको माग संवोधन गर्न नयाँ सरकार तयार छ भन्ने कुरामा भारतलाई आश्वास्त तुल्याउनु हो । भारतले नेपालको सन्दर्भमा आफ्नो पोजिसन परिवर्तन नभएको र नयाँ सरकारलाई पनि त्यही सन्देश दिने वताईरहेका छन् । उसले नेपालको संविधानमा मधेसी र जनजातिको मागलाई संवोधन गरेर संविधान संशोधन गर्नु पर्ने भन्दै नेपाल सरकारलाई आग्रह गर्दै आइरहेको छ । उपप्रधानमन्त्री निधिको भ्रमणको अर्को उदेश्य भनेको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निर्धारण गर्नु रहेको छ । प्रधानमन्त्री दाहाले भदौको अन्तिम साता भारतको भ्रमण गर्ने संभावना रहेको छ । स्रोतका अनुसार भारतिय पक्षले भदौ ३० र ३१ गतेलाई भ्रमणको मिती प्रस्तावित गरेको छ । यसमा नेपाली पक्षले सकारात्मक जवाफ दिईसकेको छ । तर भ्रमणको टुंगो भने निधीको भ्रमणको समयमा लाग्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies