Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

निकुञ्ज कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद सजाय

\"arrest\"चितवन , २ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न भएका तीन जनालाई जिल्ला अदालत चितवनले ३४ वर्ष कैद सजायको फैसला गरेको छ । निकुञ्जका कर्मचारी शेषचन्द्रलाई निकुञ्जभित्रै २०७१असोज ९ गते गोली हानी हत्या गरिएको थियो । न्यायाधीश वासुदेव पौडेलको इजलासले कर्तव्य ज्यान मुद्दा लागेका माडी अयोध्यापुरीस्थित बाँदरझुला– ९ का २७ वर्षीय जीवन प्रजा, १७ वर्षीय गिराज प्रजा र ३५ वर्षीय मानबहादुर प्रजालाई हिजो यस्तो सजाय सुनाएको हो । अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार उनीहरुविरुद्ध कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग, डाँका र अवैध हतियार ओसारपसारअन्तर्गत मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा प्रत्येकलाई २० वर्ष अर्थात् जन्मकैद, ज्यान मार्ने उद्योग अन्तर्गत जनही पाँच वर्ष कैद, डाँका मुद्दामा ६ वर्ष कैद र अवैध हतियार अन्तर्गत तीन वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको सूचना अधिकारी बरालले जानकारी दिए । घटनामा संलग्न भनिएका ६ जनामध्ये बाँकी तीन जनाले अस्वीकार गरेका थिए । कर्तव्य ज्यान मुद्दा लागेका आरोपित २०७१ साल कात्तिक १ गते बाँदरझुलाबाटै पक्राउ परेका थिए । उक्त घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) नै खटिएको थियो । रत्ननगर– १ सौराहाचोक निवासी चौधरी निकुञ्जको सिनियर गेम स्काउट थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending