Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अदृश्य शक्तिले ढुङ्गा बर्साउँदा तीनजना घाइते

\"Capture\"उदयपुर, २ भदौ । वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ । वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन् । तर मध्यदिनमा र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेपछि एक हप्ताभित्र तीनजना स्थानीयवासी घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार सुरुमा मध्यरातको १२ बजे अचानक तीन किलोको ढुङ्गा स्थानीयवासीको घरभित्र नै खस्दा ओछ्यानमा सुतिरहेकी ११ वर्षीया बालिका सरिता तामाङलाई लाग्दा तामाङ सख्त घाइते भई अहिले अचेत अवस्थामा छिन् । त्यसपछि दोस्रो दिन मध्याह्न १२ बजे दिउँदो स्थानीयवासी जनमुनि राईको घरको आँगनमा ढुङ्गा बर्सन थालेपछि घरको आँगनमा बसेर काम गरिरहेका राई घाइते भई उनी पनि अहिले अचेत अवस्थामा रहेका छन् । यस्तै घटना घट्दै गएको चौथो दिनको मध्याह्न १२ बजेको समयमा फेरि आकाशबाट ढुङ्गा बर्सन थालेपछि जनमुनि राईको १६ वर्षीय छोरा घाइते हुन पुगेको लाफागाउँ–३ का ध्रुव बस्नेतले बताएका छन् । लाफागाउँभरि घटनाका बारेमा सनसनीपूर्ण हल्ला बाहिर आएपछि गाउँले भेला भएर हेर्न जाँदा पनि घरी–घरी जनमुनि राईको घरको आँगनमा ढुङ्गा खस्ने गरेको र ढुङ्गा कताबाट आयो भनेर नदेखिने तर भुइँमा झरेर बज्रिएपछि मात्र आवाज सुनिने र देखिने गरेको प्रत्यक्षदर्शी बताउँछन् । आफ्नै गाउँमा भएको घटनाका बारेमा सुनेर जिल्ला सदरमुकाम गाईघाटमा रहेका नेकपा माओवादी ९बिप्लव समूह० का जिल्ला सेक्रेटरी केदार राईसमेत घटनास्थलमा पुगेका थिए । दुई दिनअघि मात्र गाउँको घटनास्थल पुग्नुभएका राईले रात्रिको समयमा गाउँलेसँग घटनास्थलमा बसेर अध्ययन गर्दा मध्यरातमा प्रत्यक्ष रुपमा ढुङ्गा बर्सेको र केही ढुङ्गा भुइँमा खसेको देखेको राईले घटनास्थलबाट बताउँदै पुष्टिसमेत गरे । राईले भने, “म लगायत दशजना गाउँले के हो त वास्तविक कुरा भनेर राति सोही स्थलमा बास बस्यौँ, तर मध्यरातमा अचानक ढुङ्गा खस्न थाले, अनि केही समयपछि खस्ने क्रम रोकियो, खसेका ढुङ्गा तीन देखि पाँच किलोसम्मका रहेका छन् ।” घटनाका बारेमा राईले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर गराएपछि प्रहरी चौकी साउनेको टोली पनि घटनास्थल पुगेर अहिले अध्ययन गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । यस विषयमा उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले भन्नुभयो, “हाम्रो प्रहरी टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ, ढुङ्गा खसेको आवाज आउँछ र ढुङ्गाहरु पनि खसेर भुइँमा झरेको पुष्टि भएको छ ।” लाफागाउँका हर्कबहादुर राईका अनुसार केही महिनाअघि अदृश्य शक्तिको ढुङ्गा लागेर घाइते भएकी ११ वर्षीया बालिका सरिता तामाङ रात्रिको समयमा हराएकी थिइन् । राती घरमा अन्य परिवारसँगै सुतिरहेकी तामाङलाई लामो–लामो केस भएको कालो मानिसजस्तो आकृति आएर जङ्गलतिर लगेर गएको उनी बताउँछन् । बिहान उज्यालो हुने बेला तामाङलाई उक्त शक्तिले घरमा नै ल्याएर छाडेको र तामाङलाई उक्त शक्तिले यो कुरा कसैलाई नभन्नु, भने राम्रो नहुने बताएको राई बताउँछन् । तर तामाङ्ले उक्त कुरा पहिला दिदी र पछि अरूलाई सुनाएपछि उक्त टोलमा ढुङ्गा बर्सन थालेको राई बताउँछन् । ढुङ्गाले लागेकी बालिका तामाङ अहिले अचेत अवस्थामा रहेको र ढुङ्गाको चोट भने नदेखिएको पनि घटनास्थलका प्रत्यक्षदर्शी बताउँछन् । यो वैज्ञानिक युगमा अदृश्य शक्तिबाट भएको यस्तो घटनाको वास्तविकता के हो भनेर अध्ययन गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने निष्कर्षमा प्रहरीसमेत पुगेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending