Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अस्पतालको सट्टा बिरामी धामीको शरणमा

\"dhami\"जाजरकोट, २ भदौ । सक्ला–१ का पदमबहादुर खत्रीकी श्रीमती राधिका खत्री ढाड र पेट दुखेर हैरान भएपछि उनले धामीकहाँ गएर श्रीमती निको पार्ने जुक्ति निकाले जतिसुकै धामी, झाँक्रीलाई देखाए पनि पदमकी श्रीमतीको दुःखाई थोरै पनि कम भएन, बरु बढी दुःखाई बढ्यो । उहाँले श्रीमतीका लागि दर्जन बढी बोका, कुखुरा देवीदेवतालाई चढाए । राधिकाको समस्या बढ्दै गएपछि उनले एकदिन दिल्लीस्थित स्वास्थ्य संस्थामा ल्याएर भिडियो एक्स–रे गर्दा मिर्गौलामा पत्थरी भएको खुल्यो । त्यस्तै दह गाविस वडा नं ५ का धनबहादुर पुन पेसाले शिक्षक हुन, तर उनी आफैं बिरामी हुँदा धामी, झाँक्रीसमक्ष शरणमा परे । करिब दुई महिनासम्म समस्या समाधान नभएपछि रुकुमको चौरजहारीमा मिसन अस्पतालमा आउँदा मिर्गौलामा पत्थरी भएको पुष्टि भएपछि नेपालगन्ज गएर शल्यक्रियापछि अहिले विद्यालय जाने र आउने काम भइरहेको छ । सक्ला–१ कै डबलबहादुर खत्रीको श्रीमती धनकुमारी खत्रीलाई पेट दुख्ने समस्या हुँदाहुँदै धामीकै शरणमा पुग्दा मृत्यु भयो । त्यस्तै खगेनकोट वडा नं ६ का ग्वामे नेपालीको पेट दुख्यो भनी कराउँदा कराउँदै माधीकै शरणमा पु¥याउदा ४३ वर्षकै उमेरमा मृत्यु भयो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । यहाँका अधिकांश ग्रामीण क्षेत्रका स्थानीयवासी स्वास्थ्य संस्थाभन्दा पहिला धामी, झाँकीको शरणमा जाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको छ । भूतप्रेत, देवीदेवता लागेको भनी लगत प्रचार गर्दा यहाँका मानिस अकालमै मृत्युको सिकार बन्नुपरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । देवीदेवता, बोक्सीलगायतको उपचारका लागि भन्दै हजारौँ रुपैयाँ खर्चेपछि मात्र अन्त्यमा औषधि पसलमा गएर कडा डोजका औषधि खुवाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा जाँदा रोग नै पत्ता नलागी जथाभावी औषधि सेवन गर्न लगाउँदा समस्या चरमोत्कर्षमा पुगेपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने चलनको सिकारमा यहाँका स्थानीयवासी परेका छन् । औषधि बिक्री गर्न स्थापना गरेका औषधि पसल नै बिरामीको अन्धाधुन्ध उपचार गर्ने विज्ञ डाक्टर बन्दा थप बिरामी समस्यामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि नहुनु र औषधि पसलबाट नै औषधि खरीद गर्नुपर्ने भएकाले पनि सरकारी स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा मानिसको ध्यान गएको छ । जाजरकोटका अधिकांश गाउँ विकट ठाउँमा भएका कारण सञ्चारमाध्यमको उपयोग न्यून रहेको छ । दर्जन बढी गाउँमा त अहिलेसम्म फोनले काम नै गर्दैन । गाउँमा मानिस भिरबाट लडेर घाइते भए पनि अस्पताल जानुको साटो धामीकहाँ पु¥याउँदा निकै समस्या हुने गरेको छ । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुनु अर्को समस्या हो । स्वास्थ्य संस्थाको सङ्ख्या थप्नुका साथै सबै ठाउँमा सडक सञ्जालले छोएमा यहाँका स्थानीयवासीको स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्ने देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending