Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अन्ततः विद्यार्थी संगठनमा पनि देउवाले प्रभुत्व जमाए

\"nainsingh-saroj-kundan\" काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवाको विद्यार्थी संगठनमा पनि साम्राज्य खडा भएको छ ।  झण्डै दश वर्षपछि कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेन गर्न सफल भइ देउवाले विद्यार्थी संगठनमा पनि आफ्नो प्रभुत्व जमाएका छन् । पार्टी विभाजनका बेला बाहेक कहिल्यै काग्रेसको नेतृत्वमा आउन नसकेका देउवा नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा भारी मतले विजयी भएका थिए । पार्टीको नेतृत्व लिएसँगै झण्डै दश वर्ष हुन नसकेको विद्यार्थीको महाधिवेशन सम्पन्न गरी देउवाले महाधिवेशन गराएको जसमात्र लिएका छैनन्, विद्यार्थी संगठनमा पनि आफ्नै पक्षमा लिन सफल भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षलाई हात लिएर देउवाले विद्यार्थी संगठनमा पकड जमाएका हुन् । महाधिवेशनबाट सभापति नैनसिंह महर तथा महामन्त्रीमा उनकै प्यानलका सरोज थापा र कुन्दन काफ्ले निर्वाचित भएका छन् । पदाधिकारीसहित देउवा पक्षले जित हात पारेको छ । निर्वाचन समितिले विहीबार साँझ सार्वजनिक गरेको पदाधिकारीको परिणामअनुसार अध्यक्षमा नैनसिंह महर, दुबै महामन्त्रीमा देउवाकै सरोज थापा र कुन्दल काफ्ले निर्वाचित भएका छन् । यस्तै, निर्वाचित भएका उपाध्यक्षमा प्रदेश १ देखि ७ सम्म क्रमशः विकास केसी, सञ्जय यादव, रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, प्रकाश रानामगर, ईश्वर विष्ट र पुष्प शाही रहेका छन् । यसैगरी आरक्षण तर्फको उपाध्यक्ष उर्मिला थपलिया (महिला), नबिन राई (जनजाति) निर्वाचित भएका छ । कोषाध्यक्षमा शिव रिमाल र सहमहामन्त्रीमा महिला साधना घिमिरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । गत साउन २३ गते देउवाले नै उद्घाटन गरेको नेविसंघको ११ औं महाधिवेशनको उद्घाटन समारोहको १० दिनपछि बुधबार मतदान भएको थियो । दश वर्षपछि भएको महाधिवेशनमा संघको भावी रणनीति तथा विगतका समीक्षासमेत हुन सकेन भने बन्दसत्र नै नगरी निर्वाचन प्रक्रिया शुरु गरिँदा संगठानिक प्रतिवेदन तथा आर्थिक तथा विधानबारेमा प्रतिनिधिहरुले कुनै छलफल नै गर्न पाएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending