Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘नरोउ मायालु’ गीत गाएर फष्ट भएका थिए झङकार बुढा

\"jhankar नेपाली संगीत क्षेत्र धेरै कोणबाट धनी क्षेत्र हो । यस क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो पसिना खर्चेका छन् । विश्व सामु नेपाली संगीतको उपस्थिति बढ्दो छ । हामीले नेपाली संगीतको क्षेत्रमा समर्पित विभिन्न श्रष्टाहरुका संगीत साधनाको अनुभूति समेट्ने प्रयास गरेका छौं । यस पटकको ‘मेरो संगीत साधना’मा रोल्पा राङ्कोट–७ जैपा गाउँका गायक झङकार बुढामगर ः म भारतको गढवालमै हुर्केको मान्छे । गीत संगीतमा सानैदेखि रुचि थियो । गढवालमा धेरै बसियो । त्यतिखेर गढवाली भाषाका गीतहरुले धेरै नै प्रभाव पा¥यो । सानो छँदा गढवाली गीतहरु धेरै गाउँथें, सुन्थें । रेडियोमा नेपाली गीत बज्दा कता कता मन फूरुङग हुन्थ्यो । २ कक्षामा पढ्दा हरेक शुक्रबार प्रतियोगिता हुन्थ्यो । त्यसबेला सरले ‘तेरो नेपाली गीत सुना’ भन्दा मैले ‘नरोउ मायालु’ भन्ने नेपाली गीत गाएर सुनाउँथें । ‘फस्ट’ पनि भएको थिएँ । सारंगीसँगै सुरु भयो गायन यात्रा यसरी संगीत क्षेत्रमै लागेर गायकनै बन्छु भन्ने त मैले सोचेको थिइनँ । भारतको बौडाई भन्ने ठाउँमा १३ वर्ष जुगारियो । त्यस ठाउँमा नेपालबाट गन्दर्भहरु गएर गीत गाउँने गर्थे । उनीहरुले गाउँको गीत सुन्दा सुन्दै मलाई पनि गन्दर्भहरुले जस्तै गीत गाउन मन लाग्यो । त्यसरी गीत गाउँन सारंगी सिक्नुपर्ने । सारंगी बजाउन मलाई आउँदैन थियो । सारंगी पनि सिक्छु, गीत पनि गाएर छाड्नु भन्ने लाग्न थाल्यो । त्यसपछि सारंगी सिक्नतिर लागेँ । सारंगी सिकाइसँगसँगै सुरु भयो मेरो गायन यात्रा । \"jhankar\"सारंगी बोकेरै असमानताविरूद्धकाे गीत जनयुद्ध सुरु हुँदा म नेपाल आइसकेको थिएँ । जनयुद्धले मात्रै देशमा असमानता हटाएर समानताको युग स्थापना हुन्छ जस्तो लाथ्यो । त्यसपछि युद्ध सुरु भएको दुई वर्ष नबित्दै सारंगी बोकेर म पनि होमिए युद्धमा । सारंगीसँगै सुरु भयो मेरो परिचय । पश्चिम नेपालका विकट गाउँहरुमा सारंगीको धुनमार्फत जनता व्यूँझाउँदै हिडँे । कयौं पटक सारंगीसँगै भोकै बसेको छु । सारंगी बोकेरै नाघेको छु कयौं पहाड । तर, कहिल्यै रेट्न छाडिन सारंगी । भूमिगत कालमा अमित मगर, कुलमान बुढा, खुशिराम पाख्रिन, हुरि मगर, बिद्रोही परियार, मोहित श्रेष्ठ लगायतबाट धेरै सिकेँ । शान्ति प्रकृयामा आएपछि डाक्टर किराँत, सागर साइँला लगायतबाट संगीतकोबारेमा धेरै सिकेँ । आजसम्म पनि संगीत सिक्ने क्रमलाई जारी नै राखेको छु । बजारमा सारंगीकै कथा मैले आफ्नै एल्बम ‘सारंगीको कथा’ बजारमा ल्याएको छु । बाँकी २ दर्जन एल्बमहरुमा स्वर दिएको छु । चार वटा नाटकमा निर्देशन पनि गरिसकेको छु । गन्दर्भ गुरु म आफ्नो संगीत क्षेत्रको गुरु गन्दर्भलाई मान्छु । संगीत क्षेत्रमा लाग्न मलाई गन्धर्ब जातिको ठूलो प्रेरणा छ । उहाँहरुको प्रिय बाजा मैले सिकेँ, र त्यही सारंगीसँगै सुरु भएको हो मेरो यात्रा । आज म जुन स्थानमा छु त्यसमा गन्धर्ब जाति र सारंगीको देन छ । त्यसमा जनयुद्धको पृष्ठभूमि त छ नै । जनयुद्धले जन्माएको गायक जनपक्षीय गीत संगीतको क्षेत्रमा मैले चुमेको उचाई दसवर्षे जनयुद्धको देन हो । जनयुद्धले जन्माएको जनताको गायक हुँ जस्तो लाग्छ आफूलाई । आज मैले पाएको जनताको माया जनयुद्धकै दिलाएको माया हो । यो अपार माया सायद जो कसैले सजिलै पाउन सक्दैनन् । कहिले काँही आजको नमिल्दो परिस्थिति हेरि मान्छेहरु मेरो सारंगीलाई छेंड हान्छन्, त्यसमा दुःख लाग्छ । मेरो सारंगीले जे जस्तो धुन सुसेली, आवाज बिहिनहरुको साथी बन्यो त्यसमा मलाई गर्व लाग्छ । मेरो बिचारमा संगीत भनेको अथक साधना हो । हरेक मान्छेको मनमनमा गुन्जिने तरङ्ग हो । संगीतले मानिसको दिमागलाई ताजा बनाउने मलमको काम गर्छ । (प्रस्तुतिः राजु स्याङ्तान )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: