Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

“सर्वोत्कृष्ट व्यवस्थित कम्पनी” को उपाधि निम्बसलाई

काठमाडौं, ५ भदौ । एशियन पेन्टको साझेदारीमा न्यू बिजिनेस ऐज एवं अभियानद्वारा संयुक्तरुपमा आयोजित ‘Newbiz Conclave & Business Excellence Awards Ceremony 2016’ मा निम्बसलाई “सर्वोत्कृष्ट व्यवस्थित कम्पनी” को उपाधिले सम्मानित गरेको छ । \"nimbusनेपालको एग्रो–बिजेनेश कम्पनीहरुमा अग्रणी नाम हो निम्बस, जसले पशु स्वास्थ्य र पोषण, लाइभस्टक फिड, फिड पूरक, सल्भेन्ट एक्स्ट्रयाक्सन, सोया र मकै डेमो प्लान्टेसन, निम्बस कृषि केन्द्र, पोली–ऊभन फ्याब्रिक्स, नन्–ऊभन फ्याब्रिक, पेन्ट रासायनिक र रेजिन, खाने तेल, अन्नको प्याकेजिङ्ग र ट्रेडिङ्ग, भेटेरीनेरी औषधी जस्ता क्षेत्रमा कार्यरत भई सेवा प्रदान गर्दै आएको छ । निम्बसको दिगो र फष्टाउँदो वृद्धिको मुख्य कारण भन्नु नै यसको नवीनता, कार्यान्वयनको क्षमता, नयाँ परिक्षण गर्ने स्वभाव र स्थिरता रहेको छ, जसको जग उनीहरुको भिजन, तयारी, प्रविधि र टिमवर्कमा अडेको छ । ११ उत्पादन यूनिट रहेको निम्बसमा ८०० दक्ष जनशक्तिहरु कार्यारत छन् र यसले नेपालका ६५ जिल्लाहरुको २००० भन्दा बढी कृषकहरुसँग निरन्तर काम गरिरहेको छ । \"nimbusनिम्बसले वल्र्ड बैंकको फिड मिल र तेल प्रशोधन गर्न लगानी गर्ने शाखा आइफसिसँग पनि साझेदारी गरेको छ । त्यति मात्र नभई निम्बसले विभिन्न आइएनजिओ र दाता एजेन्सीहरुसँग मिलेर निरन्तर रुपमा एग्री प्रोजेक्टहरुमा काम गर्दै आएको छ । त्यसैगरी नेपालभर निम्बसका ६०० वटा डिलर र उप–डिलरहरु रहेको छन् र निम्बसले यस पहुँचलाई सबै ग्रामिण क्षेत्रसम्म पु¥याउने लक्ष्य लिएको छ । निम्बसद्वारा जारी प्रेस विज्ञप्ती अनुरुप, ई. २०३० सम्ममा निम्बसले ४० बिलियन रुपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ र यही लक्ष्यलाई ध्यानमा राखी विभिन्न प्रयोजनाहरुको सुरुवात गर्नेछ र आम जनताहरुसम्म पुग्नका लागि निकट भविष्यमा आइपिओ जारी गर्ने पनि उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE