Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

उमेरहदका कारण अवकाश पाएका अस्थायी शिक्षकलाई सुविधा दिन माग

काठमाडौं, ५ भदौ । एकीकृत अखिल नेपाल शिक्षक संगठन उमेरहदका कारण अवकाश पाएका अस्थायी शिक्षकहरुलाई सुविधा दिन माग गरेको छ । सरकार र शिक्षकसंघसंगठन बीच भएका विभिन्न सहमति पश्चात् अवकाश भएका त्यस्ता शिक्षकलाई पनि गोल्डेन ह्याण्सेक र औषधीउपचार खर्च दिनुपर्ने संगठनको माग छ । \"techaer-750\"शनिवार राजधानीमा आयोजित संगठनको तीन नम्बर प्रदेश स्तरीय एकता भेलामा संगठनले यस सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै अस्थायी शिक्षकलाई औषधी उपचार खर्च सहित गोल्डेनह्याण्सेक दिनुपर्ने बताएको छ । साथै राहत, बाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई पनि प्रकृया पु¥याइ स्थायी प्रकृयामा लग्नुपर्ने संगठनले जोडदार माग गरेको छ । संगठनका महासचिव शंकर अधिकारीले तत्काल सरकारले राहत, बाल शिक्षक र विद्यालय कर्मचारीहरुलाई स्थायीको प्रकृयामा नलगे आन्दोलन गर्ने बताए । ‘अब सधैँ आन्दोलन मात्रै गरेर हुदैंन सरकारले शिक्षकका एकमुष्ट मागहरु पुरागर्ने प्रकृया सुरु गरे शिक्षकहरु शिक्षण सिकाईमा मात्रै केन्द्रित हुन्थे ।’ अधिकारीले भने । सधैँ शिक्षकहरु आन्दोलनमा मात्रै केन्द्रित हुनुपर्ने हो प्रश्न गर्दै अधिकारीले हामी रमाएर पुरा तयारीका साथ कक्षा कोठामा प्रवेश गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरे । संगठनले भर्खरै संशोधन भएको शिक्षा ऐन पूर्ण नभएपनि आलोचनात्मक समर्थन गर्दै कार्यान्वयनमा सहयोग गर्ने र नसमेटेका मागहरु पुरा गर्न संघर्ष गर्ने स्पष्ट पारे । एकता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता अग्नि सापकोटाले विगतमा शिक्षकहरुले तलव, पेन्सन, उपदानका लागि मात्रै भन्दापनि सिंगो राजनीतिक र सामाजिक परिवर्तनका लागि संघर्ष गरेको कुरा भुल्न नहुने भन्दै शिक्षककै संघर्षका कारण ठूला–ठूला परिवर्तन सम्भव भएको बताए । त्यस्ता संघर्षशील शिक्षकका पीडा र दर्दलाई सरकारले भुल्न नहुने भन्दै सापकोटाले शिक्षक पनि अब कक्षाकोठामा केन्द्रित हुनुपर्ने बताए । संगठनका अध्यक्ष भोला सापकोटाले शिक्षकका समस्याप्रति राज्यले नजरअन्दाज गर्न नहुने भन्दै ऐनले नसमेटेका शिक्षकका मुद्धा नियमावलीबाट सम्बोधन गरिनुपर्ने बताए । आफ्नो संगठन ६ महिने विजयी र एकताको अभियानमा रहेको भन्दै सापकोटाले शिक्षक महासंघको निर्वाचनमा संगठनले अभूतपूर्व विजय प्राप्त गर्ने दावी गरे । भेलामा एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन(बादल समुह), अखिल नेपाल प्रगतिशिल शिक्षक संगठन(किरण समुह), अखिल नेपाल शिक्षक संगठन (विद्रोही) र नेपाल शिक्षक समाजका शिक्षकहरु बीच एकता भएको थियो । अखिल नेपाल प्रगतिशील शिक्षक संगठन ( किरण समूह) बाट सचीव झम्क चौलागाईं ,दुर्गादत्त पौडेल, मधुसूदन रेग्मी, नवराज लोहनी, लगायत १०० भन्दा बढी शिक्षकहरु, नयाँ शक्ति नेपालबाट शिक्षक समाजका सचिवालय सदस्यहरु त्रिलोचोन चौलागाईं, शुधिर झा ,केस बिस्नु दाहाल लगायतको १० जना र निजी विद्यालयका शिक्षकहरुको संगठनबाट काठमाडौँ अध्यक्ष कमल चौहान सहितका ५० बढी शिक्षकहरु एकीकृत अखिल नेपाल शिक्षक संगठनमा एकता भएका संगठनले जनाएको छ । एकता भेलाले घ्याम्सो लामाको नेतृत्वमा १८ सदस्यीय तीन नम्बर प्रदेश समिति समेत गठन गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies