Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

रियो ओलम्पिकबाट रित्तो हात घर फर्किने नेपालसहित ११९ मुलुक

\"rio-usa-1st\" काठमाडौं, ६ भदौ । ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिक गेममा भाग लिएका राष्ट्रहरुमध्ये नेपाल सहित ११९ राष्ट्र पदविहिन भएर रित्तो हात घर फर्किएका छन् । नेपालसहित पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका पदविहिन हुँदा भारतले भने एक रजत र एक कास्य पदक हात पार्न सफल भयो । रियो ओलम्पिक २०१६ मा अमेरिका पहिलो बन्न सफल भयो । अमेरिकाले ४६ श्वर्ण ३७ रजत र ३८ कास्य गरी १२१ पदक हात पार्यो भने दोस्रो भएको ग्रेट ब्रिटेनले २७ श्वर्ण २३ रजत र १७ कास्य गरी ६७ पदक जित्यो । यसअघिको ओलम्पिकमा सबै भन्दा बढी पदक हात पारेको चीन भने यो पटक तेस्रो बन्न पुग्यो । चीनले २६ श्वर्ण १८ रजत र २६ कास्य गरी ७० पदक हात पर्यो । रसियाले १९ श्वर्ण, १८ रजत र १९ कास्य गरी ५६ तथा जर्मनीले १७ श्वर्ण, १० रजत र १५ कास्य गरी ४२ पदक हात पार्यो भने जापानले १२ श्वर्ण, ८ रजत र २१ कस्य गरी ४१ प्दक हात पार्न सफल भयो । एक कास्य पदक हात परेर पदक जित्नेसहित ७८ देशले उपाधि खातामा नाम चढायो । जसमध्ये श्वर्ण पदक हात पार्नेमा ५४ देश रहेका छन् । २१ देशले एक एक वटा मात्रै श्वर्ण जितेर खातामा नाम चढाउन सफल भए । २०६ राष्ट्रले भाग लिएको ओलम्पिकमा शरणार्थी मुलुकहरुको तर्फबाट एउटा स्वतन्त्र टिमले पहिलो पटक भाग लिएको थियो । माइकल फ्लेक्स शीर्ष पदक विजेता अमेरिकाका पौडीबाज माइकल फ्लेक्स शीर्ष पदक विजेता बनेका छन् । उनले पाँच श्वर्ण र एक रजत पदक हात पारे । उनले पौडीकै छुट्टाछुट्टै पाँच विधामा श्वर्ण जितेका हुन् । अमेरिकाकै कटिया लेडेकी शीर्ष दोस्रो भइन् । उनले चार श्वर्ण र एक रजत हात पारिन् भने शीर्ष तेस्रो पनि अमेरिकाकै महिला खेलाडी सिमोन बिल्स भएकी छन् । जिम्नास्टिककी सिमोनले चार श्वर्ण र एक कास्य हात पारिन् । अर्की पौडीबाज हंगेरीकी कतिन्का होस्जु शीर्ष चौथौं बन्न पुगिन् । उनले तीन श्वर्ण र एक रजत हात पारिन् भने ग्रेट ब्रिटेनका जासाेन केनी शीर्ष पाँचौ भए । साइकिलिङ केनीले तीन श्वर्ण हात पारे । यसैगरी हंगेरीकी डानुटा कोजाक (श्वर्ण ३), अमेरिकाका रायन मुर्फि (श्वर्ण ३), जमैकाका युसेन बोल्ट (श्वर्ण ३), अमेरिकाकी सिमोन म्यानुअल (श्वर्ण २, रजत २) र अमेरिकाकै म्याडेलिन डिराडो (श्वर्ण २, रजत १ र कास्य १) क्रमशः शीर्ष १० खेलाडी भित्र अटाए । कसले कुन पदक जिते (हेर्नुहाेस् तालिका) \"olympic \"olympic \"olympic \"olympic      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy